सिन्धुपाल्चोकमा कोरोना संक्रमित ७१ पुगे

चौतारा ,साउन २३।

सिन्धुपाल्चोकमा कोरोना संक्रमितको संख्या ७१ पुगेको छ । कोरोना संक्रमितमध्ये पाँच जना उपचाररत छन् भने ६३ जना निको भएर घर फर्किसकेका छन् ।

पाँच मध्ये एक जना काठमाडौंमा उपचाररत छन् भने बाकी चार जना जिल्लाका आइसोलेसन वार्डमा उपचाररत छन् । जिल्ला स्वास्थ्य कार्यालयले  दिएको जानकारी अनुसार जिल्लामा १०५ जना क्वारेन्टाइनमा बसेका छन् ।

त्यस्तै चारजना आइसोलेसनमा छन् । हालसम्म जिल्लामा एक हजार ६ सय ५१ को स्वाब संकलन गरिएको छ भने एक हजार ६ सय ३० जनाको रिपोर्ट आइसकेको छ ।

जिल्लामा कोरोना संक्रमित हुने अधिकांश तेस्रो मुलुकबाट आएका व्यक्तिहरु छन् । हालसम्म जिल्लामा संक्रमणका कारण एक पुरुष र एक महिला गरी दुई जनाले ज्यान गुमाएका छन् ।

,