सिन्धुपाल्चोक शाखाले सदस्यता नविकरण शुल्कमा छुट दिने

रुपक पुरी, साउन २८ । 

नेपाल पत्रकार महासंघ जिल्ला शाखा सिन्धुपाल्चोकले सदस्यता नविकरणमा छुट गर्ने निर्णय गरेको छ ।

 प्रत्येक बर्षमा एक हजार रुपैयाँमा सदस्यता नविकरण गर्दै आएकोमा यस बर्ष माहासंघले ७  सय ५० मा नविकरण गर्ने निर्णय गरेको हो । कोरोनाको कारणले सञ्चारकर्मी समेत प्रभावित भएको कारणले जिल्ला शाखाले सदस्यता नविकरण शुल्कमा छुट दिने निर्णय गरेको महासंघ अध्यक्ष महेशकुमार श्रेष्ठले जानकारी दिनुभएको छ । उहाँले भन्नुभयो  ‘हामीले यसअघि एक हजार रुपैयाँ लिने गरेका थियौँ । तर, कोरोनाको प्रभावको कारणले यसबर्ष २ सय ५० छुट दिने निर्णय गरेका हौँ’ । एक हजार मध्ये पाँच सय कल्याणकारी कोषमा जान्छ । २ सय ५० रुपैयाँ जिल्लामा रहन्छ । एक सय २५ प्रदेश र बाँकी एक सय २५ केन्द्रमा जाने व्यवस्था छ ।

, , ,