स्थानियले लगाए बलेफी गाउँपालिकाको १ नम्बर वडा कार्यालयमा ताला

रुपक पुरी, भदौ १४ । 

सिन्धुपाल्चोकको बलेफी गाउँपालिका १ नम्बर वडा कार्यालयमा स्थानियले आफुहरुको समस्या र मागमा कुनै चासो नदेखाएको र समस्या समाधानमा पहल नभएको भन्दै ताला लगाएका छन् ।

स्थानयिहरु नालिको भल सबै खेतबारीमा गएर अन्न बाली नष्ट गर्दा भल रोक्ने प्रयास नगरेको , उपभोक्ता समितिको अध्यक्षलाई भल कटान गरेर खेतमा हाल्दा समेत कारवाहि नगरेको र खानेपानीको मुहानमा भल पसेर पानी खान नपाएको भन्दै स्थानियले बारम्बर वडा कार्यालय, बलेफी गाउँपालिकाको कार्यालय तथा जिल्ला प्रशासनमा पुगेका थिए ।

स्थानिय रुद्र वहादुर खड्काका अनुसार पटक पटक जानकारी गराउदा समेत चासो नदेखाएको भन्दै कात्तीके गाउँका स्थानियले बाध्य भएर १ नम्बर वडा कार्यालयमा ताला लगाउनुपरेको हो । बलेफी गाउँपालिकाबाट प्राविधिक ,उपाध्यक्ष आएर हेर्दापनि कुनै सुनुवाई र समस्या समाधानमा पहल नगरेको भन्दै स्थानियले जनप्रतिनिधि प्रति आक्रोस समेत ब्यक्त गरेका छन् ।

वलेफी गाउँपालिका १ कात्तीकेमा १० जनाको लगभग ६० रोपनि खेतमा अहिले गेग्रनहरु थुप्रीएर बसेका छन् । विकासका नाममा जताततै बाटो खनिनु क्षतीको मुख्य कारण भएको स्थानियले बताएका छन् । 

काक्तीकेमा खेत माथिनै नालिको पानी खसालेपछि गेग्रन माटो खेतिमा गएर थुप्रीएपछि बाली त नष्ट भयो नै हातले पन्छाउने अवस्था समेत छैन । अहिले कात्तीके गाउँका स्थानियलाई पिउने पानीको समेत समस्या परेको छ ।

यस सम्बन्धमा गाँउपालीकाका अध्यक्ष केदार क्षेत्रीले स्थानीय  नागरिकलाइ मर्का परेको स्वीकार्दै नागरिकको समस्याका समधानका लागी  आफु तत्काल  लागी पर्ने बताउँनु भयो ।


, ,