गएरातिको पहिरोमा परि १० जना बेपत्ता, १ को जिवितै उद्धार

अर्जुन शर्मा, सिन्धुपाल्चोक, साउन १९ । 
सिन्धुपाल्चोक जिल्लामा गए रातिको पहिरोमा परि १० जना वेपत्ता भएका छन् ।


अबिरल बर्षातका कारण गएको पहिरोमा परि मेलम्ची नगरपालिका वडा नं ११  मा ८ जना र पाँचपोखरी थाङपाल गाँउपालिका वडा नं. २ मा २ जना बेपत्ता भएका हुन्, भने १ जनाको जिवितै उद्धार भएको छ ।
मेलम्चीमा बन्दै गरेको मेलम्ची कबर्ड हलमा काम गर्न आएका ९ जना मध्य ८ जना बेपत्ता रहेको र १ जना भारतिय नागरिक बारु शहको उद्धार गरि अहिले मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको  इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरिक्षक फल बहादुर तामाङले जानकारी दिनुभएको छ ।
 मेलम्चीको पहिरोमा बेपत्ता हुनेहरुमा विरगञ्जका बर्ष ४२का राजेन्द्र चौरासिया,३५ बर्षिय प्रदिप र्चौरासिया,२५ बर्षिय विक्रम थिंग,२३ बर्षिय मान बहादुर रुम्बा,२० बर्षिय सिमन घ्लान, २१ बर्षिय शिव बालक धामि, १७ बर्षिय सोनाम लामा र १ जना भारतिय नागरिक राजेन्द« चौधरी रहेको प्रारम्भिक अनुसन्धान बाट खुल्न आएको छ ।  पहिरोमा ७ जना विरगन्जको र १ जना भारतिय नागरिक अझै बेपत्ता छन् । उनिहरुको खोजिकार्य जारी रहेको प्रहरी निरिक्षक  तामाङले जानकारी दिनुभयो ।
यस्तै पाँचपोखरी थाङपाल गाँउपालिका वडा नं. २ मा रहेको बरुवा अस्पतालको छेउमा खसेको पहिरोमा परि २ जना बेपत्ता रहेको सोहि वडाका वडाध्यक्ष पासाङ लामाले जानकारी दिनुभएको छ । उनिहरुको खोजि कार्य भइरहेको लामाले बताउनुभएको छ । 

, , , ,