लिदी पहिरोमा वेपत्तामध्ये ३७ को शव भेटियो


चौतारा, भदौ १६ । 

गत साउन ३० गते विहान जुगल–२ लिदीमा गएको पहिरामा ज्यान गुमाउनको सख्ँया ३७ पुगेको छ भने पहिरोमा अझै २ जना बेपत्ता रहेका छन् । मंगलबार थप एक जनाको शव भेटिएको हो । यसअघि ३४ जनाको शव भेटिएको थियो ।

मंगलबार एक बालकको शव फेला फेला परेको प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिनुभयो । आज जुुगल ३ का मामाघर आएका १७ बर्षिय सुबास तामाङको शव फेला परेका हो । अन्य २ हराइरहेकाहरूको  भने खोजी जारी रहेको काफ्लेले जानकारी दिनुभयो ।

,