बाह्रबिसे–घोर्थलीको अवरुद्ध सडकखण्ड खुलाउन सुरु
चौतारा, भदौ १६ ।
बाह्रबिसे–घोर्थलीको अवरुद्ध सडकखण्ड खुलाउने कार्य शुरु गरिएको छ ।
वडा नं. २ कर्थलिको बेथुमा भदौ १० मा गएको पहिरो अवरुद्ध सडक खुलाउने काम मंगलबारबाट शुरु भएको छ । स्थानीय दबाब र आवश्यकताका कारण मंगलबारबाट सडक बनाउने काम शुरु गरिएको स्थानियहरुले बताएका छन् । उक्त पहिरोका कारण अत्याश्यक सेवा दिने र वस्तु ओसारपसारमा समेत बन्द भएको थियो ।
पहिरोले सडक अबरुद्ध भएपछि गरपालिकाको वडा नं. १, २ र ३ क्षेत्रका बासिन्दा प्रभावित भएका थिए । मेशिन सडक बनाउने काममा खटिरहेको र अब छिट्टै सडक संचालनमा आउने वडा नं. २ का वडाध्यक्ष बम बहादुर तामाङले जानकारी दिनुभयो ।
पहिरोबाट कम्तिमा १५० रोपनी जग्गा र ६ वटा घर बगाएको थियो । पहिरोमा परी बुदेपाका ४० वर्षीय मानबहादुर धामी घाइते भएका थिए ।