लकडाउनको औचित्य सकिएको आभास भएको छः शान्ता थापा

 सिन्धुपाल्चोक जिल्ला साबीक ठुलोसिरुवा्री गाबीस भए ता पनी सानै देखी चितवन बसोबास गर्दै आउँनु भएका पिता हर्क बहादुर थापा र माता राधा कुमारी थापाको कान्छी छोरीको रुपमा जन्म लिएर हाल काभे्र पलाञ्चोक जिल्ला को भुम्लु गाँउ  पालीका वडा नं ७.काभ्रे जिल्ला कर्म थलो को रुपमा रहेको  समाज सेवी शान्ता थापा क्षेत्री सँँग लोकप्रिस समाचार का लागी सम्बादाता लक्ष्मण बिष्टले गर्नु भएको कुराकानीको अंश 

यँहाको परिचय दिनुहोस न 

म शान्ता थापा क्षेत्री हो मेरो जन्म सिन्धुपाल्चोक जिल्ला साबीक ठुलोसिरुवा्री गाबीस भए ता पनी सानै देखी चितवन बसोबास गर्दै आउँनु भएका पिता हर्क बहादुर थापा र माता राधाकुमारी थापाको कान्छी छोरीको रुपमा जन्म लिएर हाल काभे्र पलाञ्चोक जिल्ला को भुम्लु गाँउ  पालीका वडा नं ७ का तेज बहादुर क्षेत्री सँँग  बिबाह गरि काभ्रे जिल्ला मेरो कर्म थलो को रुपमा रहेको छ । म अहिले सामाजिक, आर्थिक, राजनीतिक र धार्मिक संघ संगठनमा आबद्ध छु


तपाइ अहिले कुन जिम्मेवारीमा रहनु भएको छ ?


म मानव सेवा संस्था नेपालको अध्यक्ष

सिबर्ड वचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष

२०७४ को स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट भुम्लू गाउँपालिकाको उपाध्यक्षको उम्मेदवार भएर नेपाली काँग्रेसको जिम्मेवार सिपाइको रुपमा काम गरिरहेको छु । 

हाल सम्मको देशको राजनीती अबस्था के रहेको छ ?

पछिल्ला केही वर्षदेखि आपूm पनि राजनीतिमा सक्रिय रहेकाले भन्न सक्छु कि हालसम्मको देशको राजनीतिक अवस्था भनेको निरासाबाट आसा जगाउँदै फेरि निरासामा धकेल्ने क्रम जारी छ । यद्यपि अब जनतालाई थप निरास हुन नदिन ऐतिहासिक राजनीतिक पृष्ठभूमि बोकेको र हरेक जनक्रान्तिको सफल नेतृत्व गरेको नेपाली काँग्रेस दृढ दाइित्ववोधका साथ जनसेवामा समर्पित हुनुपर्छ । 

 तपाइलाइ  राजनिती र सामाजीक क्षेत्रमा याँहा सम्म आउँनका लागी कसरी प्रेरेणा मिल्यो त ?

मलाइ यसरी सामाजीक काममा र राजनीती क्षेत्रमा आउँनका लागी सबै मेरा  दाजु भाइ हरु बाट प्रेरेणा मिल्यो अनी सिन्धुपाल्चोक जिल्लाका मानब सेवा सस्ंथाका केन्द्रयि सदस्य समेत रहनु भएका समाजसेवी  सञ्चार कर्मी नेत्र बहादुर बस्नेत द्धारा नै प्रेरेणा मिलेको हो । यती सम्म की बस्नेत का कारण हरेक बिद्यालयमा जाने र सहयोग गर्न अबशर समेत मिलेको थियो । 


तपाइ बिवाहित महीला हुनुहुन्छ राजनितीमा परिबारले कसरी सहयोग गरिरहेका छन ?

मलाइ यसरी सामाजीक काममा र राजनीती क्षेत्रमा आउँनका  घर पबिारले पुर्ण रुपमा सहयोग गरिरहेका कारण नै म यो स्थिती सम्म आइ पुगेको छु । पहीलो कुरा त मेरो श्रीमान पनी सामाजीक व्यक्तीत्व लोकतान्त्रीक प्रजातान्त्रीक बिचारका हुनुहुन्छ । उँहाले पनी राजनिती र सामाजीक कामबाट जनसेवा गर्न पर्छ भन्दै मेरो यो यात्रालाइ सहयाृग गरिरहनु भएको छ । परिबारमा जेठाजु हरु त मेरो लागी उर्जागरको रुपमा नै रहनु भएको छ ।


बिश्वब्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण  राजनितीमा  असर गरेको पाउँनु भयो ?

निश्चित रूपमा  कोरोना महामारीका कारण नेपाली काँग्रेसको आसन्न १४औं मििहाधवेशन अन्योलमा परेको छ । अन्य केही पार्टीको महाधिवेशन पनि त्यस्तै अवस्थामा भएको बुझेकी छु । राजनीतिक गतिविधि चलायमान हुन सकेको अवस्था छैन । नागरिकलाइ समस्यामा पारेको छ। दैनिक ज्यालागरेर खाने देखी लिएर ठुला ठुला ब्यापारी सम्मलाइ यो महामारीले पिरलोको छ जसकारण जनतामा निरासा बढ्दै गएको छ ।

 यसको रोक थाम तथा उपचारको लागी कसरी ब्यबःथापन गर्न पर्ने देखीन्छ  ?

लकडाउनले सिर्जित पीडा जति व्यहोरियो अब त्यसको औचित्य सकिएको आभास भएको छ । स्वस्थ खानपान, सरसफाइ र प्रदूषणमुक्त वातावरणमा रहने कुरामा सचेत र सतर्क रहनु नै कोरोना होस् वा अन्य धेरै रोगबाट बच्ने उपाय हो । 

हाम्रो देसमा  प्रकृती बिपती परिरहेको पाइन्छ हाल मात्र बाढी पहिरोले ठुलो क्षती गरेको छ यस सम्बन्धमा यँहाको धारणा के  छ ?

प्राकृतिक विपत्तीलाई छल्न विपद् व्यवस्थापन सरकारको प्राथमिकतामा पर्नु पर्छ । मौसम विज्ञान विभागको प्रभावकारी कार्य र सोहीअनुसारको द्रूत सूचना प्रणालीको जति महत्व छ त्यसभन्दा बढी महत्व वस्ती व्यवस्थापनको समूचित व्यवस्थाका लागि सरकारको सक्रियताको छ । राहत र उद्दार कार्यलाई प्रभावकारी बनाइ संभावित क्षतिलाई न्यून गर्न सरकारी संयन्त्र इमानदार र गतिशील हुनु जरुरी छ । 

हाल सम्म भए गरेका कामहरुका बारेमा यँहाको कस्तो अनुभब रहेको छ   ?

विपद् व्यवस्थापन गर्ने कोसिस भएका छन् तर नीतिगत कमजोरी र व्यवहारिक कठिनाइले भरपर्दा छैनन् ।

 स्थानीय सरकारले गरेका कामहरुका बारेमा यँहाको मुल्याङ्कन कस्तो छ ?

स्थानीय सरकारका करिब दुई वर्ष नयाँ संरचना अन्तर्गत कुन काम कसरी गर्ने भन्ने अन्योलमै वित्यो । प्रदेश सरकार र संघीय सरकारमध्य कसलाई अभिभावक मान्ने भन्ने कुरामै अल्मलिए । पछिल्लो समय कोरोनाले बिथोलेको अवस्था छ । 

तपाइको बिचारमा जन प्रतिनिधीले  नागरिकको लागी कस्तो कस्तो कामगर्नू पर्छ ?

जनप्रतिनिधिले जनताको जीवन उत्थान हुने अनि शान्ति र सुशासनका लागि आवश्यक नीति निर्माण गरी त्यसको अनुगमन, मूल्यांकन र समीक्षा गर्दै अघि बढ्नु पर्छ ।

 हाल सम्म यँहाले के के र कस्ता कामहरु गर्नू भयो र भबिष्यमा के योजना छ ?

मैले अहिलेसम्म सिन्धुपाल्चोक जिल्लाका विभिन्न विद्यालय र त्यहाँका विद्यार्थीलाई तत्कालको समस्या हल गर्ने गरी सक्दो सहयोग गरें । अपांग, असक्त महिला, बृद्धबृद्धा र बालबालिकालाई खाँचोअनुसारको यथासक्य सहयोग गरें । मठमन्दिर, भूकम्पपीडित र अन्य दैवीप्रकोप पीडितलाई पनि बेलाबखत सक्दो सहयोग गर्दै आएकी छु । त्यस्तै काभ्रेको भुम्लू गाउँपालिकालाई राजनीतिक थलो बनाएपछि त्यहाँ पनि सामाजिक राजनीतिक सहयोग र कार्यमा सक्रिय रहँदै आएकी छु । भावी योजना भुम्लू  गाउँपालिकाका जनताको सुख दुःखमा साथ दिने नै हो । त्यसका लागि मेरो दक्षता र गच्छेताले भ्याएसम्म वा त्यस्तो अवसर पाएसम्म लागिपर्नेछु ।

अन्तमा केही भन्नु छ की ?

अहीले परिस्थितीमा भन्नु भन्दा पनी काम गरेर देखाउँने बेला भएको छ । हामी सबै अहीले महामारी साँग लड्न परिरहेको छ । यो अबस्थामा सबै मिलेर महामारी को सामाना गर्दे समाज बिकास आर्थीक उन्नती तर्फ लाग्न सबैमा अनुरोध गर्दछु । जँहा जसले जसरी सकिन्छ मानब सेवामा समर्पीत हुन पर्ने बेला भएको छ ।सबैले मानब सेवामा  लाग्न समेत अनुरोध गर्दछु अरु मेरो खाश भन्नु त केही पनी छैन तर राजनीती सामाजीक रुपमा मलाइ अगाडी बढ्ने प्रेरेणा उजागर गर्न र समाजमा चिनाउँनका लागी मलाइ बिषेश सहयोग गर्ने सबैमा बिशेष धन्यबाद दिन चाहान्छु र अन्तमा मेरा भनाइ हरु राख्ने मौका दिनु भएकोमा लोकप्रिय समाचार दैनिक लगाएतका समुहहरुलाइ बिशेष धन्यबाद दिन चाहान्छु ।




, , , , ,