लक्ष्मण बिष्ट,
सन्युक्त राज्य अमेरिका न्युयोर्कमा बसोबास गर्नु हुने रामेछाप दोरम्बाका सुबाश चन्द्र मोक्तान ज्युले सिन्धुपाल्चोक जुगलको लिदि पहिरो पिडितलाई पुनःस्थापन र पुनर्निर्माणमा केही सहयोग होस भनी ब्यक्तिगत रु.२०००० सहयोग गर्नु भएको छ ।लिदि पहिरोबाट बिस्थापित भई हाल जुगलकै बासखर्कमा पिडितहरू बस्दै आएका छन् ।
सिङ्गापुर गुर्खा रेजिमेन्टबाट अबकास प्राप्त सुबास चन्द्र मोक्तानले सहयोग रकम अन्तरास्ट्रिय तामाङ परिषदका केन्द्रीय सचिब रबिन लामा थिङ मार्फत पिदित र जिम्मेवार निकायमा पुर्याउनको लागि अनुरोध गर्नु भएको थियो । साथै कोरियामा कार्यरत पर्सा ठोरी गाउपालिका ( ४ निवासी जीत बहादुर थीङले पठाउनु भएको रू ५००० पनि हस्तान्तरण गर्नु भयो ।
सहयोग रकम जुगल गाउपालिकाका उप प्रमुख सृजना तामाङ र वडा अध्यक्ष प्रताप लामा ज्युलाई अस्थायी क्याम्प सिन्धुपाल्चोक बासखर्कमा पुगि आइ टि सि सचिब रबिन लामा थिङ ज्युले हस्तान्तरण गर्नु भएको हो