सामान्य ल्याब टेस्ट र एक्सरे सेवाका लागी धुलिखेल जानुपर्ने अवस्थाको अन्त्य —दुलाल


कुमार दुलाल राजनिती र समाजसेवा दुवैमा उत्तिकै सक्रिय रहनु भएको ब्यक्ती हुनुहुन्छ  ।  सिन्धु पाल्चोक जिल्ला मेलम्ची नगरपालिका वडा नं. ११ स्थानिय बासिन्दा नेपाल विद्यार्थी संघ थापथली इन्जीनियरिङ क्याम्पसका पुर्व इकाई सभापति नेपाल विद्यार्थी संघका केन्द्रिय नेता यवम् मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्र (प्रस्तवित मेलम्ची अस्पताल ) संचालक समितिका पूर्व अध्यक्ष समेत रहेर काम गर्नु भएका दुलाल हाल राजनीति सँगसँगै सामाजिक कार्यमा समेत निकै सक्रिय हुनुहुन्छ ।२०४६साल मंसीर १४ गते पिता लोकेन्द्र प्रसाद दुलाल र माता यशोदा दुलालको कोषबाट जन्मनु भएका दुलाल सँँग लोकप्रिय समाचारका लागी लक्ष्मण बिष्टले गर्नु भएको छोटो कुराकानी 

 

१तपाइ सामाजिक कार्यमा लाग्नुको उद्देश्य  के हो बताइदिनुहोस न ?


 मैले सामाजीक कार्यमा लाग्नुका कारणहरु बताइरहन पर्दैन जस्तो लाग्छ किन भने मानिस जन्मेर जान्ने भए देखी नै सामाजिक कार्यमा लागेको हुन्छ ।  कुनै न कुनै प्रकारले सामाजिक काम गरेकै हुन्छ । खाली सक्रीयता र निस्क्रीयता मात्र हो । यस हिसाबले म सक्रियताका साथ सामाजिक कार्यमा लागेको छु ।सामाजिक कार्यलाइ तिनवटा विभिन्न फरक डाइमेन्सनबाट हेर्न सकिन्छ । सामाजिक कार्य आफैमा एउटा सामाजिक डाक्टरी पेशा हो, सामाजिक इन्जीनियरीङ, पेशा हो र सामाजिक व्यवस्थापिका पेशा हो । त्यसैले सबै मानिस ले कुनै न कुनै तबरले सामाजिक काम गरेका हुन्छन ।


२. कसरी ??

समाजमा भएका विभिन्न अवस्थालाइ संरचनात्मक रुपमा काम गर्ने भएको भएर अथवा अबको कुनै समयपछि नक्साकृत गर्ने भएर गरिने काम जसलाइ  सामाजिक इन्जीनियरीङ पेशा  भन्ने गरिन्छ ।  यसमा भएका विभिन्न सामाजिक रोग, कुरीति विसंगतीका व्यवस्थाहरुलाइ शइगोनोसिस गरी यसको उपचार गर्ने अथवा हुनसकने कुरीतिलाइ रोकथाम गर्ने भएको भएर यसलाई सामाजिक डाक्टरी पेशा पनि भनिन्छ । जसले समाजमा भएका विभिन्न रोगहरुको निवारण गर्ने गर्दछ  र सँगसँगै यसले समाजभित्र भएका मानवीय स्रोत–साधन लगायत अन्य श्रोत साधन र यसमा भएका अवसरहरुलाइ उचित तरिकाले व्यवस्थापन गर्ने भएको भएर यसलाई सामाजिक व्यवस्थापकिय पेशा भनिन्छ ।यो समाजमा सबै भन्दा सक्रिय सामाजिक काम हो । 

३.तपाइ आजकल के गर्दै हुनुहुन्छ ?


विश्वभर फैलिरहेको अयखष्म (ज्ञढ माहामारी सँग आज पुरेै विश्व घुडा टेकिरहेको अवस्था छ । त्यसबाट नेपाल अछुतो रहने कुरै भएन, यतिबेला यो असहज परिस्थितीबाट रोजगार गुमाएका, अशक्त, अति विपन्न र श्रमिक वर्गलाई यसले आक्रन्त पारेको छ । त्यसैले कोहि भोको बस्नु नपरोस् भन्ने उद्देश्यले हामिले मेलम्चीमा फुड बैंकको स्थापना गरेका छौ । 


४. फुड बैंक भनेको के हो यसले के के काम गर्छ ?

 फुड बैक भनेको खानको लागी आबश्यक पर्ने सामाग्री लिने र दिने  केन्द्र हो यसलाइ फुड बैक भनीन्छ ।हामीले हुनेले दिएर जाऔ, नहुनेले लिएर जाऔं भनेर नारा बनाएका छौ । यसमा दान दिन सक्नेले दिएर र नहुनेले लिएर जान सक्छन् । यसमा मुख्य रुपमा दाल, चामल, र नुन लगायत खाद्यन्न  दिन र लिन सकिने छ ।


५. फुड बैंक सञ्चालन कस्तो भइरहेको छ ?

कोभिड–१९ को माहामारीमा निम्न आयस्रोत भएका श्रमिक जनतालाई बजार बन्द भएर काम नपाएर भोकै बस्न पर्ने अवस्था नआओस् भनेर हामीले आजसम्म आयपुग्दा करिब ७०० घर परिवारलाई सहयोग गरि सकेका छौ । सहयोगका लागि थुप्रै आग्रहहरु आइरहेका छन् । हामि श्रोत जुटाएर सक्दो सहयोग गर्ने कोशिसमा छौ । सहयोगि मनहरुलाइ यसै पत्रिका मार्फत अपिल पनि गर्न चाहन्छु ।


६ तपाई मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्र मेलम्चीको सञ्चालक समीतिको अध्यक्ष पदमा रहेर काम गर्नु भयो तपाईको कार्य अनुभव कस्तो रह्यो ?

सर्वप्रथम म मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्र, मेलम्चीको संचालक समितिको अध्यक्ष रहदा कानुन र व्यबस्था अर्कै थियो । म आदरणिय पुर्व स्वास्थ्यमन्त्री गगन थापा स्वास्थ्य मन्त्री हुदा उहाले मलाई मन्त्रि स्तरिय निर्णयबाट नियुक्ति दिनु भएको हो । त्यस लगत्तै स्थानिय निकायको निर्वाचन र संघिय निर्वाचन पश्चात नया संविधान निर्माण भएपछि हाल यो स्थानिय सरकारको अधिनमा रहेकोे छ । करिब ६ महिनाको छोटो समयमा मैले काम गर्ने अबसर प्राप्त गरे । यसबिच प्राथमिक स्वास्थ्य केन्द्रमा एक्सरे मेसिन, सामान्य व्लड चेक गर्ने उपकरण र वेडहरु पनि थिएनन् । सामान्य रगत दिसा, पिसाब, टाइफाइड, चेक गर्न पनि धुलिखेल जानुपर्ने बाध्यता थियो ।मैले  डिजीटल एक्सरे मेसिन, ल्याप लगायतका एक करोड बराबरको स्वास्थ्य सामाग्रीहरुको बन्दोबस्त गरे प्रसुति सेवालाइ अझै प्रभावकारी बनाउन द्यष्चतजष्लन अभलतभच लाई व्यवस्थित गरे । डाक्टरहरु कार्यलय समयभन्दा बाहेक काम नगर्ने परिपाटीलाइ बदल्दै २४ सै घण्टा इमरजेन्सी सेवा दिने व्यबस्था गरे । हस्पिटललाइ कम्पाइण्ड लगायर व्यवस्थि तगर्ने निर्णय गरे । अपताल दिनै आफ्नै बाटो पनि खुलाए । यसविच लिलगंगा सामुदायिक आखा केन्द्र मेलम्चीको शासन  



.७. यस कोभिड–१९ को माहामारीको नियन्त्रणका लागी एक अभियानको रुपमा कसतो भुमिका रह्यो ?

कोभिड–१९ को माहामारीका बिच अग्र मोर्चाममा रहेर काम गर्ने डाक्टर, नर्स तथा अन्य स्वास्थ्यकर्मीका लागी अत्यावश्यक स्वास्थ्य उपकरण उउभ् लगायत अन्य स्वास्थ्य सामग्री मेलम्ची नगरपालिकाले समेत बन्दोबस्त नगरेको यसमा मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रलाइ स्वाव संकलन र सुरक्षाका लाग िआवश्यक पर्ने उउभ्, ल्त्रछ mबकप, कगचनष्अम mबकप, ाबअभ कपष्भमि लगायत सहयोग सामग्री प्रदान गरे । इन्द्रावती गा.पा लगाएत अन्य संघ संस्थालाई स्वास्थ्य सामग्री प्रदान गरियो । आम जनतालाइ कसरि माहामारीबाट जोगीन भुमिका निर्वाह गर्न सकिन्छ भनेर विभिन्न सरोकारवाला निकायहरु सँग छलफल र संवाद जारी छ । 


 बन्दाबन्दीले जनताको जिवन निकै कष्टकर बढ्दै गइरहेको अवसथामा सथानिय निकाय र सरकारको भुमिका कस्तो पाउनुभयो ?

स्थानिय निकाय केहि हदसम्म भएपनि प्रयास गरिरहेको छ ।  तर यतिले मात्र पर्याप्त छैन । सरकार त जनतालाइ घरभित्र थुनेर भ्रष्टचारमा लिप्त छ । लगडाउनमा समेत जनताबाट कर अशुलन छाडेको छैन । लाखौले रोजगार गुमाएका छन् । होटल, यातायात, पर्यटन,स्कुल, कलेज, रेष्ट्ररेन्ट क्लबहरुका मानिसलाइ विशेष मार परेको छ । सरकारले उनिहरुलाई ब्याज मिलाय गर्नुपर्छ । अब कोरोनाबाट सर्तक र सजक भइ जिवनयापन सुजाल्न अवस्था तर्फ लैजान सरकारले विशेष पहल गर्नुपर्छ ।  


९ स्थानिय सरकार संचालन कस्तो पाउनुभएको छ ?

अहिले स्थानिय सरकारहरु अलमलिरहेको अवस्था छ हामिले परिकलपना गरिरहेको स्थानिय सरकाले अहिलेसम्म जनताका आधारभुत आवश्यकताहरु खानेपानि विजुली, सडक, प्रसुती सेवा, शिक्षामा खासै प्रगति गरेको देखिदैन ।


१०.तपाइको बाकि योजनाहरु के के छन् ?

सिनधुपाल्चोक एक पहाडि जिल्ला, काठमाण्डौ बाट नजिक अझ झन्ने देशको मुख्य राजधानीबाट यति नजिक भएर पनि बत्तिमुनिको अध्याँरो भएको छ । यहाँका जनता अझैपनि गुणस्तरीय शिक्षा र स्वास्थ्यबाट बन्चित छन् । बसौन िकयौँ प्रशुती सेवा नपाएर अकालमा मृत्यु वणर गर्नु परेको छ । प्राकृतिक विपत्ति बाढी पहिरो  र भुकम्पबाट पिडित छन् । त्यसैले मैले आगामी सदनमा विशेष गरी यिनै क्षेत्रमा काम गर्ने र सँगसँगै राजनितीलाइ पनि अगाडि बढाउने योजना छ । 


११अन्त्यमा के भन्नु हुन्छ ? 

विश्वभर फैलिएको कोभिड –१९ बाट जोगिन भए पनि बचौ अरुलाई पनि जोागाऔँ भन्दै तपाइको लोकप्रिय पत्रिकालाइ विशेष धन्यवाद दिदै सम्पुर्णलाइ सुरक्षित रहन आग्रह गर्दछौ ।  

  


, , , , , ,