चौतारा, भदौ १८ ।
लिदी पहिरो पिडितले प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाललाई लाई निवेदन पत्र बुझाएका छन् ।
बिहिबार लीदी पहिरो पीडित व्यवस्थापन समितिका संयोजक रेशम दोङको नेतृत्वमा चौतारा सदरमुकाम आएको टोलिले १० बुदे निवेदन पेश गरेका हुन् ।
अपर बलेफी हाइड्रो पावरको कारण असुरक्षित भएको बस्तिलाई तत्काल स्थाई रुपमा नै सुरक्षित स्थानान्तरणको माग गर्दै उनिहरुले सो निवेदन पत्र बुझाएका हुन् ।
उनिहरुले लिदी पहिरोको मुख्य कारण नै अपर बलेफी हाइड्रो पावर रहेको भन्दै सो हाइड्रो पावरले पीडितहरु .लाई उचित क्षतिपुर्ती दिलाउनुपर्ने समेत प्र्र.जि.अधिकारीलाई दुखेसो पोखेका छन् ।
पहिरो पीडिलहरुmले पीडितको नाममा बभिन्न संघसंस्थाबाट आएको सहयोगको हिनामिना नभइ वास्तविक पीडितले नै पाउन सकुन समेत भनेका छन् ।
सो निवेदनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारीले तत्काल रुपमा नै पीडितहरुको गुनासो सम्बोधन हुने बताउनुभएको छ ।
गत साउन ३० गते बिहान जुगल गाउँपालिकाको लिदीमा गएको भीषण पहिरोमा परी ३७ घर पुरिँदा घरसँगै पुरिएर बेपत्ता भएका ३७ जनाको शव फेला परेको छ भने दुई अझै बेपत्ता छन् ।
लिदीबासीलाई हाल बाँसखर्कमा अस्थायी बसोबासको व्यवस्था मिलाइएको छ ।