नागरिकको समस्या समधान गर्नु आफ्नो प्रमुख दाइत्व शेर बहादुर तामाङ्ग


 गरिब, पिडीत र  दुखीका लागी  आफुले जसरी भए पनी सहयोग गर्न पर्छ , मानबीय सहयोग नै धर्म हो आपत बिपतको बेलामा गरेको सहयोग नै धर्म र कर्मको फल हो भन्ने पुर्ब मन्त्री माननीय शेर बहादुर तामाङ्गले  एक पछी अर्काे सहयोग गर्दै हेलम्बु पुग्नु भएको छ । जुगल गाँउपालीकाको लिदीमा गएको पहीरोका पिडीत अनी भोटेकोशी बाह्र्बिसे मा भएको क्षेती प्रती दुख ब्यक्त गर्दै राहात सहयोगमा जुटी रहेको अबस्थामा सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका ५ बोल्देका पहिरो पिडितलाइ राहत वितरण  तथा सान्त्वना दिन तामाङ्ग पुग्नु भएको छ । पूर्व मन्त्री एवम सांसद शेरबहादुर तामाङ जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्ण गोपाल तामाङ, लगाएतले विस्थापितको घरदैलोमा पुगेर पहिरोको अनुगमन गर्दै  पिडीतको समस्या समधान गर्न आफुहरु हर तबर बाट लागी पर्ने तामाङ्गले बताउँनु भयो । 


नागरिकको समस्या समाधान गर्नु आफ्नो प्रमुख दाइत्व भएको बताउँदै  माननीय शेर बहादुर तामाङ्गले बिपत भनेको बाजाबजाएर आउँदैन तर यसको लक्षण भने केही मात्रामा  देखीन सक्छ भन्न्ुा हुँदै तामाङ्गले  यस तर्फ समयमा नै सतर्कता अपनाउँन का लागी सबैमा अनुरोध समेत गर्नु भयो । अनुगमन गर्ने दौरानमा पहिरो पीडित विस्थापितलाई अस्थायी वासस्थानको लागी आवस्यक सामाग्री प्रदान गरिएको छ । पूर्व मन्त्री एवम सांसद शेरबहादुर तामाङको पहलमा बोल्देका विस्थापितलाई राहत सामाग्री उपलव्ध गराइएको हो । पिडीतहरु सामु  जिल्ला समन्वय समितिका सभापति कृष्णगोपाल तामाङ राहत सामाग्री लिएर बोल्दे पुग्नुभएको थियो । पहिरोले घरवास नै जोखिममा परेपछि विस्थापित स्थानीयका लागी खानेपानीका लागी पाईप, अस्थायी शौचालय र म्याट लगायतका सामाग्री प्रदान गरिएको छ । बोल्देबासीका लागी तत्काललाई अस्थायी व्यवस्थापन भएपनि उँहाहरुको स्थायी वासस्थान व्यवस्थापनमा अब लाग्नुपर्ने पूर्व मन्त्री एवम सांसद शेरबहादुर तामाङले बताउनुभयो । तामाङले अब जिल्लामा जति पनि बिस्थापित भएका छन् ति सबैलाइ सुरक्षित स्थानमा स्थानान्तरण गर्न पहल भइरहेको बताउनुभयो । उहाँले नमुना एकिकृत बस्तिको निमार्ण गरि विस्थापितहरुलाइ स्थानान्तरण गर्न प्राविधिक सर्बेको काम भइरहेको पनि बताउनुभयो । स्थानियले जंगलि जनावरले समेत आफुहरुलाइ बस्न खान नदिएको भन्दै गुनासो गरेपछि तामाङले वैकल्पिक खेतिको विकास गर्नुपर्नेमा जोड दिनुभयो । पिडितहरुलाइ सम्बोधन गर्दै जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्ण गोपाल तामाङले अब सबै पालिकाका जनप्रतिनिधि भएर साझा ढंगले अगाडि बढ्ने छलफल भइरहेको भन्दै विस्थापित हरुको उचित ब्यबस्थापनका लागि काम भइरहेको बताउनुभयो  उँहाले आपत परेका बेला सहयोग गरिरहँदा कसले के भन्छ भन्ने होइन बिपतका सायमा तत्काल उद्धार गर्न सबै लागी पर्न पर्ने बताउँनु भयो । 




, , , , ,