सिन्धुपाल्चोकमा कोरोनाका कारण मृत्य हुनेको संख्या ४ पुग्यो

चौतारा, भदौ १८ ।

सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाँउपालिका वडा नं. ६ कि एक महिलाको कोरोनाको कारण मृत्यु भएको छ । ७७ वर्षीय ति महिलाको बिहिबार काठमाण्डौको विरेन्द्र सैनीक अस्पताल, छाउनीमा मृत्यु भएको हो ।


 लामो समयदेखि दमको रोग भएकी उहाँलाई भदौ ५ गते उपचारको लागि काठमाण्डौ लगिएको थियो । उहाँ ५ गते काठमाडौ पुगेर कोरोना परिक्षण गर्दा नेगेटिभ थियो तर उहाँको भदौ १२ गते कोरोना पोजेटिभ भएको रिपोर्ट आएको थियो ।

उपचारकै क्रममा भदौ १६ गते मंगलबार उनको निधन भएकोमा बिहीबार स्वाथ्य मन्त्रालयको नियमीत पत्रकार सम्मेलनमा उहाँको कोरोनाको कारण मृत्यु भएको पुष्टि गरिएको हो ।

यो सँगै सिन्धुपाल्चोकमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ४ पुगेको छ । जसमा दुइ महिला र दुइ पुरुष रहेका छन् । यसअघि जिल्लाको पाँचपोखरी गाँउपालिकाका १ जना र बाह्रबिसे नगरपालिकाको २ जनाको कोरोनाकै कारण मृत्यु भइसकेको थियो । नेपालमै कोरोनाको कारण पहिलो मृत्यु पनि सिन्धुपाल्चोककै एक महिला रहेकी छिन् । सिन्धुपाल्चोक जिल्लामा  हालसम्म कोरोना संक्रमितको संख्या १ सय ९ पुगेको छ । कुल एक सय नौ जना संक्रमीत भएको सिन्धुपाल्चोकमा कोरोना मृत्युदर भने चार प्रतिशतको नजिक पुगेको छ ।

, , ,