सामुदायिक मेलमिलापकर्ता सफलताका आधार

 ठाकुर राम चौलागाई । 

मेलमिलाप प्रक्रियामा पक्षहरुले आफुले रोजेको तालिम प्राप्त मेलमिलापकर्ताबाट विवाद समाधान गराउन पाउँछ ।


  तालिम प्राप्त मेलमिलापकर्ताले पक्षहरुलाई प्रक्रियागत रुपमा, भावनात्मक रुपमा र परिणामका रुपमा सन्तुष्टि दिलाउन सक्ने क्षमता रहेको हुन्छ । मेलमिलाप भनेको पक्षहरु बिच रहेको काँडारुपी विष वृक्ष लाई जरै देखि उखलेर फाल्ने हो जसका लागी मेलमिलापकर्ता संग विषेष क्षमता रहेको हुनुपर्दछ ।

मेलमिलापकर्ताले आफुलाई विवाद समाधान गर्ने व्यक्तिको रुपमा भन्दा विवाद सहजिकरण गर्ने व्यक्तिको रुपमा प्रस्तुत गरी मेलमिलाप प्रक्रियाको पैरवी गर्नुपर्दछ । सबै मेलमिलापकर्ताले विवाद समाधानको विषेष सिप सम्बन्धि तालिम प्राप्त गरेको हुन्छ । मेलमिलापकर्ताले सिकेको सिपको प्रयोग गरी समुदायमा सत्कर्म गर्ने हो सफलता र असफलतामा चिन्ता गर्ने र विचलित हुने होईन । मेलमिलापकर्ताले परिणाम के आउने भन्दा प्रक्रियाको पूर्ण पालना गर्नुपर्दछ  । 

मेलमिलापकर्ता सफल हुनका लागी सत्र सञ्चालन गर्नुपूर्व तपशिलका कुराहरुमा विषेष ध्यान दिनुपर्दछ ।

मेलमिलाप प्रक्रियाको बारेमा पूर्ण रुपमा जानकार,

विश्वसनियता  इमान्दारिता,

जस्तो सुकै कठिन परिस्थिीमा पनि प्रक्रियालाई अबलम्बन गर्ने प्रतिबद्दता,

मेलमिलाप प्रक्रिया प्रति पक्षहरुलाई जानकारी गराई विश्वास लिने,

सरोकारवाला पहिचान ।

मेलमिलाप सत्र संचालन का क्रममा मेलमिलापकर्ताले तपशिलका बुँदाहरुमा ध्यान दिनुपर्दछ ।

सञ्चार सिपको प्रयोग गरिरहेको छु,

मेरो भूमिका निष्पक्ष रहेको छ,

मैले सहजकर्ता मात्र भएको कुरा बिर्सिएर सल्लाहाकार, न्यायधिस तथा वकिलकको भूमिका त निर्वाह गरिरहेको छैन,

मेलमिलाप प्रक्रियाको चरण छोडेको त छैन,

कुनै पक्ष बिचमा पूर्वाग्राहि भएको त छैन ,

शसक्तिकरण गरिरहेको छु,

धेरै भन्दा धेरै विकल्पहरु पहिचान गरि उत्तम विकल्प छनौट गरिरहेको छु ,

आदर सम्मान गरिरहेको छु,

पक्षहरुले आफ्नो मनको सबै कुरा व्यक्त गरिरहेको छ,

मैले आफुलाई प्रश्नकर्ता भएको कुरा बिर्सिएको त छैन ।

उपयुक्र्त बुँदाहरुमा ध्यान दिई मेलमिलापकर्ता सफल हुन सकिनेछ । त्यसैले मेलमिलाप सफल हुन पनि सक्छ नहुन पनि सक्छ मेलमिलापकर्ता सदा सफल हुनु पर्दछ । समाज र विवाद एक सिक्काका दुई पाटा हुन । विवादलाई आगोको रुपमा लिनु पर्दछ यदि आगोलाई सहि प्रयोग गरियो भने यसले हाम्रो जनजिवन सहज बनाईदिएको हुन्छ यदि आगोलाई गलत प्रयोग गरिएमा विध्वंशात्मक अवस्था पैदा गर्दछ । विवाद पनि त्यस्तै हो विवाद स्वाभाविक हो यसलाई समयमानै समाधान गर्न सके सकारात्मक नतिजा पाउन सकिन्छ । हाम्रो देशमा औपचारिक पद्दतिबाट विवाद समाधान गर्दा लाग्ने समय, श्रम र लगानीको तुलनामा प्रतिफल स्वरुप प्राप्त हुने जितले पनि सन्तुष्टि दिन सकेको छैन । सामुदायिक मेलमिलाप पद्दतिको अबलम्बन गरी विवाद समाधान गर्दा कम समय र लगानिमा दुवै पक्षको जितको सन्तुष्टि दिन सकिनेछ । लेखक ः प्राकृतिक श्रोत द्दन्द रुपाण्तरण केन्द्र, नेपाल जिल्ला कार्यक्रम संयोजक हुनुहुन्छ ।


, ,