मेगा बैंक ले “मेगा किसान कार्ड” नयाँ प्रविधियुक्त सेवा प्रारम्भ गर्नै तैयारीमा छ . पराजुली


चौतारा साँगाचोकगढी नगरपालीका वडा नं. ५ स्थित मेगा बैंक नेपाल लिमिटेड चौताराका शाखा प्रबन्धक श्री राम कृष्ण पराजुली सँग लोकप्रिय समाचार दैनिकको सहकर्मी मित्र लक्ष्मण बिष्टले गर्नु भएको छोटो कुराकानीको अंश

नमस्कार आराम हुनुहुन्छ ?कोभिड–१९बन्दाबन्दीमा कस्तो छ ? बैंकको कारोबार अहिलेको अबस्थामा ?


नमस्कार ठिक छु ।बिश्वभरनै कोभिड–१९ को कारणबाटमानवजातीको समग्र गतिविधिलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा असर गरेको अवस्थामा नेपाली अर्थतन्त्र, समाज वा मानवीय क्रियाकलापमा असर नगर्ने त कुरा नै भएन । यद्यपी बैंकिङ्ग क्षेत्र आज हरेक मानिसको दैनिक कार्यसँग जोडिएको र नेपालमा अत्यावश्यक सेवा अन्तर्गत रहेको कारण व्याप्त समस्याको सामना गर्दै यो सेवा सुचारु गर्नुको कुनै विकल्प छैन । त्यसैले नियमनकारी निकाय, नेपाल सरकार, स्थानीय सरकारको निर्देशन र सल्लाह बमोजिम हामीलेसुरक्षाकाउपायहरुको अवलम्बन गरी सेवालाई सुचारु गरिरहेको छौं । तुलनात्मक रुपमा सामान्य अवस्थाको जस्तो कारोबार नभएता पनि विशेष गरी रेमिटेन्सको कारोबार, नगद मौज्दात जम्मा गर्ने,भुक्तानी लिने जस्ता कृयाकलापहरुको संख्या ठिकै रहेको हुने गरेको छ अहिलेको यो अवस्थामा ।

मेगा बैंक नेपाल लिमिटेडको अन्य बैंकको भन्दा आकर्षक सेवा सुबिधाहरु के–के छन् ?

सेवा तथा सुविधाको कुरा गर्दा हामी पनि अन्य बैंकको जस्तै सेवा तथा सुविधाहरुग्राहकहरुसम्म पु¥याउने हो । तर सम्पूर्ण ग्राहकलाई समावेश गरी सन्तोषजनक सेवा प्रदान गर्ने कला मेगा बैंकको अरुको भन्दा फरक र विस्तारित छ जस्तो लाग्छ । हामी ग्राहकहरुलाई पूर्ण रुपमा सन्तुष्ट पार्न सक्छौ र हाम्रो उदेश्य पनि सम्पूर्ण ग्राहकको पूर्ण सन्तुष्टि नै हो । हामी कुनै पनि ग्राहकलाई तहगत विभाजन गर्दैनौ र सरल सेवा तथा सुविधा प्रदान गर्दै आईरहेका छौं । तपाईलाई थाहा नै छ मेगाको मूल नारा“हलो देखि हाईड्रो सम्म”भन्ने हो यो नारा र हाम्रो कार्यशैलीबाट पनि स्पष्ट हुन्छ कि हामी सम्पूर्ण नेपालीको बैंक हो भन्ने कुरा ।

मेगा बैंैक आफैमा “क” बर्गको बैंक निक्षेपको अबस्था कस्तो छ ? र कर्जा परिचालनको अबस्थाकस्तो छ ? चौतारा ग्रामिण भेग हो र तपाईहरुको कर्जा मुख्य रुपमा कस्ता शिर्षकमा परिचालन हुने गर्दछ ?

हालसालै प्रकाशित बैंकको गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण बमोजिम कर्जा र निक्षेपको अवस्थाका आधारमा बैंकको वृद्धि एवं स्थानमा उल्लेख्य सुधार भएको छ । चौतारा शाखाको कुरा गर्नु हुन्छ भने यस क्षेत्रमा हामी एकदमै राम्रो अवस्थामा छौं । ग्राहकमहानुभावहरुको साथ, सल्लाह, सुझाव, सहयोग र निरन्तर विश्वासका कारण यो शाखाको निक्षेप संकलन राम्रो छ । कर्जाको बारेमा भन्नुपर्दायो शाखामूलतः ग्रामिण भेगमा अवस्थित  भएको कारणका साथै मेगा बैंकको प्राथमिकता पनि कृषि क्षेत्रको विकास भएकोले चौतारा शाखाको अधिकतम ध्यान कृषक र कृषि क्षेत्रको विकासमा रहेको छ । “क” वर्गको बैंक भएको नाताले सम्पूर्ण शिर्षकमा कर्जा परिचालन हुने नै भयो तर पनि यस क्षेत्रको आवश्यकताका साथै सम्भाव्यताले गर्दा पनि कृषि नै हाम्रो प्राथमिकतामा परेको छ ।

अझै मेगा बैंकको नयाँ सुबिधा आउने वा बैंकले झन नयाँ ढङ्गबाट काम गर्ने पुर्व तयारी के छ ?

अर्थतन्त्रको एक महत्वपूर्ण अंग भएको कारण वित्तीय क्षेत्रले निश्चित रुपमा प्रतिष्पर्धामा रहेर निरन्तर चालायमान रहनै पर्छ । वित्तीय मागलाई पूर्ति गर्न यहाँ हरेक दिन नयाँ–नयाँ प्रविधि भित्रिएको हुन्छ । ग्राहकको इच्छा तथा आंकाक्षा परिवर्तनशिल हुन्छ र सोही अनुरुप संतुष्ट पार्नुपर्ने भएकोले ग्राहकवर्गको लागी हरेक दिन केही नयाँ सोचिरहेका हुन्छौं । भर्खरै मात्र मेगा बैंक नेपाल लिमिटेडले “मेगा किसान कार्ड” नामक नयाँ प्रविधियुक्त सेवा प्रारम्भ गर्नै तैयारीमा छ   । यो कार्डा अथवा यो प्रविधिको प्रयोगले किसानवर्गले सहज र सरल ढंगबाट कृषि कर्जा र आवश्यक सामाग्री खरिद गर्न सक्नुहुन्छ ।


मेगा बैंकमा बचत तर्फ र ऋण तर्फ ग्राहकलाई सहज सुलभ ब्याजदर कुनमा छ ?

बंैकिङ्ग आफैमा प्रतिस्पर्धी क्षेत्र हो,त्यसैले समय सापेक्ष ब्याजदर निर्धारण गर्नुपर्ने हुन्छ । त्यसैले ग्राहवर्गको अधिकतम हितलाई ध्यानमा राखेर बैंकले ब्याज प्रदान गर्दै आएको छ र सर्वसुलभ दरमा कर्जा प्रवाह गरेको छ ।कृषि तथा अन्य विपन्न क्षेत्र अन्तर्गतका कर्जाहरुमा बाँकी अन्य कर्जाको तुलनामा कम दर निर्धारण गरिएको छ ।

अहिलेकोबन्दाबन्दीको अवस्थामा पहिले भन्दा अहिले कारोबार गर्न गाह्रो छ तर यस्तो प्रतिकुल समयमा बैंकले कसरी कारोबार गरिराखेको छ ?

निश्चित रुपमा नै अन्य बेलाको तुलनामा सेवा प्रवाहमा थप चुनौति त छँदै छ । तर पनि आवश्यक सावधानी, सुरक्षाका उपायहरु अवलम्बन गरेर र सतर्कता अपनाएर ग्राहकवर्गको सेवामा तल्लिन रहेका छौं ।

अहिले चौतारा बजारमा अन्य बैंक भन्दा मेगा नै राम्रो बैंक भन्ने सबको मनमा पार्न सफल हुनु भएको छ । यो प्रभाब पार्न कसरी भुमिका खेल्नु भयो ?

हामी पूर्ण रुपमा ग्राहकको सेवामा समर्पित भएको कारणले गर्दा नै राम्रो पहिचान भएको हो । हाम्रो भुमिका भनेको प्रतिस्पर्धा भन्दा पनि कसरी उत्कृष्ट सेवा प्रवाह गर्ने भन्नेमा केन्द्रित रहन्छ ।

सम्पूर्ण ग्राहकहरुलाईबैंकको तर्फबाट केही भन्न चाहानु हुन्छ ?

म यस बैंक, विशेष गरेर चौतारा शाखाका सम्पूर्ण ग्राहकमहानुभावहरुलाई यहाँहरुको साथ, सहयोग र हामी प्रतिको विश्वासका लागि विशेष धन्यवाद दिन चाहान्छु र आगामी दिनहरुमा पनि यहाँहरुको साथ एवं सहयोगको निरन्तरताको अपेक्षा गर्दछु । अन्तमा कोभिड–१९ को वबस्थालाई ध्यानमा राखी शाखा कार्यालयमा अपनाईएका स्वास्थ तथा सुरक्षा सम्बन्धी सावधानीका व्यवस्थाहरुलाई सहज रुपमा स्वीकार एवं पालना गरीदिनुहुन बिनम्र अनुरोध गर्दछौं ।

धन्यबाद कुराकानी गर्ने समय उपलब्ध गराउनु भएकोमा ।

यहाँ र यहाँको लोकप्रिय समाचारलाई पनि विशेष धन्यबाद हाम्रो संस्थाको बारेमा अन्तर्वाता मार्फत केही जानकारी ग्राहक माझ पु¥याउन अवसर दिनु भएकोमा ।






, , , ,