सभामुख सापकोटा र पाकिस्तानी राजदुतबीच भेटवार्ता

चौतारा, भदौ ३० । 

सम्माननीय सभामुख अग्निप्रसाद सापकोटा र नेपालका लागि पाकिस्तानी राजदुत H.E. Mr. Mazhar Javed बीच मंगलबार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा शिष्टाचार भेटवार्ता भएको छ । 


सो शिष्टाचार भेटवार्तामा दुई देशबीचको सम्बन्ध, सहकार्य र आपसी हितका विषयमा छलफल भएको सभामुखको सचिवालयले जानकारी दिएको छ । 

भेटमा सभामुख सापकोटाले नेपाल र पाकिस्तानबीच ६० बर्ष लामो मैत्रिपूर्ण सम्बन्ध रहेको र दुई देशबीचको सम्बन्धमा समस्या नरहेका चर्चा गर्नुभएको थियो ।

सभामुख सापकोटाले कोरोनाको अन्त्यपछि दुइदेशका संसदबीचको सहकार्यर थाती रहेका अन्य विषयहरु अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो । 

सभामुख सापकोटाले मानवजातिलाई परेको कोरोना संकट पारगर्न सबै मिलेर लड्नुको विकल्प नभएकोमा जोड दिंदै पाकिस्तानले कोरोना नियन्त्रणका लागि गरेको प्रयासको प्रशंसा समेत गर्नुभयो । 

चार बर्षे कार्यकाल सकेर स्वदेश फर्कन लाग्नुभएका राजदुत जाभेदले नेपाल बसाइका क्रममा संघीय संसदबाट भएको सहयोग्रति आभार प्रकट गर्नुभयो । 


, ,