राहत बोकेर पीडितलाई भेटन पुग्यो अनेरास्ववियुको टोलि

अर्जुन शर्मा चौतारा, भदौ २९ । 

आइतबार बाह्रबिसे नगरपालिका वडा नं. ७ घुम्थाङमा गएको पहिरोमा परि बिचल्नीमा परेका परिवारलाई भेटन राहत बाकेर अनेरास्ववियुको टोलि घटना स्थलमा पुगेको छ । 


सोमबार अनेरास्ववियुका केन्द्रीय सह–संयोजक रञ्जित आचार्य सहितको टोलि पीडितको दैलोमा पुगेको हो । 

एकपछि अर्को प्राकृतिक विपत्ति झेल्दै आएको सिन्धुपाल्चोक बासीहरुको दर्दनाक कथाले मन जै थाम्न नसक्ने भएपछि सो राहत सामाग्री बोकेर आफुनै घटना स्थलमा आइपुगेको सह–संयोजक तामाङले बताउनुभयो । 

सह–संयोजक तामाङले भन्नुभयो, हामीले पीडितलाई यो थोरै सहयोग मात्र गरेका हौं, अब स्थाइ समाधान र स्थाइ बासस्थानका लागि सरकारको ध्यान आकर्षण गर्न चाहन्छौ ।

अनेरास्ववियु केन्द्रको पहल र अनेरास्ववियु सिन्धुपाल्चोकको समन्वयमा पीडितहरुका लागि चामल, त्रिपाल, कम्बल र स्वास्थ्य सामाग्री वितरण गरिएको  अनेरास्ववियुका जिल्ला संयोजक मिलन तामाङले जानकारी दिनुभयो । 


, , , ,