उच्च सर्तकता अपनाउँन मौसमबिदको आग्रह


शुक्रबार सम्म उच्च सतर्कता अपनाउन  पर्ने मौसम बिदहरुले जनाएका छन । अहिले सम्म देसका अधिकासं स्थानमा  पानी परिरहेको छ ।


यसका साथै  सिन्धुपाल्चोक जिल्लामा पनि  पानी परिरहेको छ ।   ठुलो पानी नपरे पनि सिमसिमे पानीले जमीन गल्ने  र हिलो हुने भएकाले पनि बढी सतर्कता अपनाउँन पर्ने भएको छ जल तथा मौसम बिज्ञान बिभाग मौसम पुर्बानुमान महाशाखा का निर्मल कुमार अर्यालका अनुसार सिन्धुपाल्चोकमा हाल सिमसिम पानी परिहेको र यस बाट पहीरोको जोखिम हुने भएकाले उच्च सतर्कता अपनाउन सुझाब दिनु भएको छ ।

यसै गरि  सिन्धुपाल्चोक जिल्लाका प्रजिअ उमेश कुमार  ढकालले मौसमले कँहा कती खेर कस्तो प्रभाब पार्छ यकीन गर्न नसकिने भउकाले आफ्नो जिउ धनका सुरक्षाका लागी जिल्ला बासीलाइ सचेत रहन अनुरोध गर्नु भयो ।

उँहाले   जिल्ल्लाका जोखिम क्षेत्रका नागरिक हरुलाइ अरु समय भन्दा अहीले बढी चनाखो हुन  अनुरोध गर्दै  जिल्ला का सुरक्षा निकाय पनि यस तर्फ उच्च सतर्काताका साथ कतै केही भइहाल्यो भने उद्धारका लागी तैयारी अबस्थामा रहेको बताउँनु भयो । 


, , , ,