शान्ति फाउण्डेसनबाट आपतकालिन सामाग्री हस्तान्तरण


सिन्धपाल्चोक जिल्लाकाजुगलगापा २ लिदिगाउँकापहिरो पिडितलाई आपतकालीन राहत सामाग्रीप्रदानगरिएको छ । लिदीपहिरोबाट बिस्थापितभएर उक्तगापाका वडा नं १ को सेलको बाँसखर्कमा अस्थाई आश्रयलिईरहेकाउनीहरुलाई शनीबार खानेपानी संचयकालागी ट्यांकी,कम्बल,लताकपडा,मेडिकल सामाग्री र कोभिड १९ करोनाभाइरस रोकथामकालागी स्वास्थ्य सामाग्रीप्रदानगरिएको थियो ।


मानब बेचबिखनप्रभाबित,एचआई भि  संक्रमि,उच्चजोखिममा रहेकामहिलावालवालिकाको क्षेत्रमामानब बेचबिखन रोकथाम,लैङ्खिक हिंसा न्यूनीकरण,उपचारमा सहयोग,शैक्षिक सहयोग,वकालततथा पैरवी र जीवन स्तर बढाउन  सशक्तिकरणका लागी यस जिल्लालगायत७जिल्लामाकार्यक्षेत्र रहेको शान्ति फाउण्डेसनले  महिलातथावालवालिकालाई मध्ये नजर गर्दै पहिरोबाट प्रभाबितहरु लागीबितरण गरिएको सामाग्रीहरु बिस्तिापित बस्तीका लागीअतिआबस्यकपहिचानगरि बितरण गरिएको कार्यक्रममाशान्ति फाउण्डेसनकाअध्यक्ष सन्जमायातामाङशान्तिले बताउनभयो । 


 फाउण्डेसनद्दारा संकलनगरिएको आपतकालीन राहत सामाग्रीबितरण कार्यक्रमकाप्रमुखअतिथिबागमतीप्रदेश सभाका अर्थ तथाविकास समितिका सभापति एबं सांसद सरेश नेपाल रहनुभएको थियो .सो अबशरमा उँहालेशान्तिफाउण्डेसनबाट निकै मेहनेत साथआपतकालीन सामाग्री संकलनगरि बिस्थापित बस्ती सम्मल्याउन परिश्रम गरि बितरण गर्नुभएकोमाधन्यबाददिनुहुँदै यस जिल्लामानब बेचबिखनबाट ग्रसितजिल्ला रहेको हुँदाशान्ति फाउण्डेसनले चौतारामाजिल्ला सम्पर्क कार्यलय स्थापना गरेको प्र्रतीखुसीब्यक्तगर्नु  भएको थियो। उँहालेपहिरो प्रभाबित र बिस्थपितहरुलाई सामाग्रीबितरण गर्नु भएको थियो ।

कार्यक्रममा फाउण्डेसनले संकलित र बितरित  सम्पर्ण सामाग्रीकोविवरण भएको पत्र फाउण्डेसनकाअध्यक्ष सन्जमायातामाङशान्ति र जुगलगापा २ का वडा अध्यक्षप्रताबतामाङलाई हस्तान्तरण गरिएको थियो । उक्तकार्यक्रममाबागमतीप्रदेश सभाका सांसत,जिसस सिन्धपाल्चोककाउपप्रमुख,शान्ति फाउण्डेसनको अध्यक्ष,सम्बन्धित वडामा वडा अध्यक्ष,वडा सदस्य,संचारकर्मी,वडा सचिब,आयोजक संस्थाकाकार्यक्रम ब्यबस्थाक,फिल्ड अफिसर लगाएतकाउपस्थिति रहेको  हिरा बहादुर खड्काले जानकारी दिनु भयो  । 


, , , , , ,