लिदी पहिरो पीडितलाई ९ लाख नगद सहयोग

अर्जुन शर्मा, चौतारा, भदौ १६ । 

मंगलबार लिदि पहिरो पिडितहरुका लागि नेकपा सिन्धुपाल्चोकका सचिव एंवम् सभासद दावा तामाङको पहलमा बिभिन्न दाताहरुले गरेर ९ लाख नगद र खाद्यन्न सहयोग जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठलाइ हस्तान्तरण गरिएको छ । 


मंगलबार पहिरो बिस्थापितको अस्थायी सिबिर बाँसखर्कमा नै पुगेर उक्त सहयोग हस्तान्तरण गरिएको हो । उक्त सहयोगमा गैर आवासीय नेपाली संघ (एन.आर.एन) का उपाध्यक्ष सोनाम लामाले ५ लाख र सिन्धु सोसाटिको तर्फबाट ४ लाख गरि जम्मा ९ लाख  रकमको चेक गाउँपालिकाका अध्यक्ष श्रेष्ठलाई हस्तान्तरण गरिएको सिन्धु सोसाइटिका अध्यक्ष बंशलाल तामाङले जानकारी दिनुभयो । 

यस्तै सुपर हेवा हाइड्रोका निर्देशक श्याम तामाङले १ लाख मुल्यको खाद्यन्न हस्तान्तरण गर्नुभएको छ  ।

उक्त सहयोग हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा सचिव दावा तामाङले विस्थापितहरुको स्थायी आवासको लागी गैर आवासीय नेपाली संघसंग सल्लाह भैरहेको र छिट्टै निकास निकाल्ने बताउनुभयो ।  

गत साउन ३० गते गएको पहिरोमा ३९ जना बेपत्ता भएकोमा अहिलेसम्म ३७ जनाको शव फेला परेको छ भने २ जना अझै बेपत्ता छन् । पहिरोले ३९ घरमा पुर्णरुपमा क्षति पुर्र्याएको थियो । पहिरो पडितहरुलाइ अहिले सुरक्षित स्थानमा सारिएको छ ।

, , , ,