पहिरोले सिन्धुकोटको बस्तीनै जोखिममा

रुपक पुरी , भदौ २८ ।

शनिबार रातीको अबिरल बर्षापछि आएको पहिरोको कारण मेलम्ची नगरपालिका वडा नं ५ सिन्धुकोट गोल्पुटोलमा बस्तीनै जोखिममा परेको छ । ९ घर रहेको उक्त बस्तीमा चारैतिर पहिरो आउन थालेपछि बस्नको लागि जोखिम भएको छ ।

स्थानिय सुनिल मिजारका अनुसार तत्काल बस्ती नसारेमा थप बिपत्तिको आफुहरुले सामना गर्नुपर्ने ले बताउनुभयो । त्यसैगरी सिन्धुकोटकै कमल श्रेष्ठ ,चेत कुमारी राना ,राम बहादुर राना ,कृष्ण बहादुर मिजार ,डल्ली सार्की र कुमार मिजारको घर पनि जोखिममा परेको छ ।

यस्तै, जुगल गाउँपालिकाको चनौटेमा ५ घर पहिरोमा परेको छ । २ घर पूर्ण रुपमा पुरिएको छ भने तीन घरमा क्षति पुगेको गाउँपालिका उपप्रमुख सिर्जना तामाङले बताउनुभयो । उहाँले मानिसहरू भने भागेर ज्यान जोगाउन सफल भएको बताउनुभयो ।


, ,