अनियमितता विरुद्ध धुस्कुन कांग्रेसको ध्यानाकर्षण पत्र

चौतारा, भदौ १८ ।

वडाको हरेक विकास निर्माणमा सहभागी गराउन आग्रह गर्दा समेत वेवास्ता गरेको भन्दै काँग्रेस धुस्कुने वडा कार्यालयलाई ९ बुंदे ध्यानाकर्षण पत्र बुझाएको छ । 


वडाध्यक्ष शुकदेव रिसाललाई पटक पटक विपक्षी दलको हैसियतले वडाको हरेक विकास निर्माणमा सहभागी गराउन आग्रह  गर्न भन्दै काँग्रेस धुस्कुनका इकाई सभापति राम कुमार रिसालसहितको टोलीले ध्यानाकर्षण पत्र बुझाएको हो ।

वडाको कुनै पनि योजना पारदर्शिता नहुनू ,वडाबाट नागरिक तहमा वास्तविक उपभोक्तालाई सुचना प्रभाव नहुनू, उपभोक्ता समिति र अनुगमन समिती समेत अनविज्ञ रहने, सार्वजनिक सुनूवाई, लेखा परिक्षणको पालना नगरिने, प्राविधिक इष्टिमेटको हवलामा भुक्तानी दिने जस्ता कार्यहरु वडा कार्यालयले गरेको भन्दै ध्यानाकर्षण पत्र पेश गरिएको इकाई सभापति रिसालले बताउनुभयो ।

सो ध्यानाकर्षणमा कोभिड १९ को रोकथाम, विकास निर्माणमा पारदर्शिता र जवाफदेहिता, अनुदानको रकमको पारदर्शी वितरण, बाह्रविसे धुस्कुन पिस्कर सडक स्तोरन्नती कार्यमा सरोकारवालासंग छलफलको माग, सुनकोसी करिडोर क्षेत्र संरक्षण तथा सो क्षेत्रमा हेभि ईक्वीपमेन्ट प्रयोग गर्न रोक आदि माग राखिएको छ ।

उल्लेखित विषय उपर छलफल नै नगरी कमजोरीको रुपमा वडाध्यक्षले लिएमा धुस्कुनका आम जनसमुदाय, नागरिक समाज, राजनितीक दल सहित सरोकारवाला निकायसंग छलफल गरि निस्केका निस्कर्ष वडालाई कार्यान्वयन गर्न बाध्य पारिने समेत नेपाली कांग्रेस धुस्कुनका इकाई सभापति रिसालले बताउनुभयो ।

, ,