राजनीतिकर्मिको जीवन संधै पारदर्शी र जवाफदेही हुनुपर्छ सागर श्रेष्ठ

 सिन्धुपाल्चोक जिल्ला, मेलम्चि नगरपालीका हाल ११, .मा पिता .स्वर्गीय .सुरेन्द्र कुमार श्रेष्ठ र माताँ कमला श्रेष्ठको सुपुत्रका रुपमा जन्मनु भएका सागर श्रेष्ठ हाल उँहा नेपाली कााग्रेस सुचना सञ्चार तथा प्रचार बिभागको केन्द्रिय सदस्य हुनुहुन्छ । प्रस्तुत छ । श्रेष्ठ सँग लोक प्रिय समाचारका लागी नेत्र बहादुर बस्नेतले गर्नु भएको कुरा कानीको अंश ।


१ .सर्ब प्रथम यँहालाइ स्वागत छ, नेपाली काँग्रेसको सुचना तथा सञ्चार बिभागको केन्द्रियसदस्य

हुनु भएकोमा हार्दिक बधाइ छ।


बिशेशत तपाइँ र सिन्धुपाल्चोक जिल्ला बाट प्रकाशन हुने लोकप्रिय दैनिक पत्रीकाका सम्पुर्ण साथिहरुलाइ

हार्दिक आभार तथा धन्यवाद भन्न चाहन्छु ।साथै तपाईंको पत्रीकाको निरंतरताको शुभकामना पनि व्यक्त गर्दछु ।कठिन बेलामा पनि जिल्लाको समग्र बिकास र लोकतन्त्रको पहरेदारका रुपमा तपाईं र तपाईंको पत्रीकाले निर्बाह

गरेको सकारात्मक भूमिकाको प्रसंसा गर्दछु । मलाइ तपाईंको लोकप्रिय दैनिक पत्रीकामा अन्तरबार्ताका लागि योग्य ठानेर आफ्ना बिचारहरु सम्पुर्ण साथिहरुका माझमा राख्ने अबसर प्रदान गर्नु भएकोमा पुनह कृतज्ञता व्यक्त गर्दछु ।

२ .यँहाको परिचय दिनुहोस नः



मेरो वास्तविक परिचय माथिनै उल्लेख गरिसकेको छु ।

यधपी मेरो सामाजिक र राजनीतिक पृष्ठभुमिलाई इंगित गर्न खोज्नु भयको हो भने म अहिले नेपाली कांग्रेस

सुचना, संचार तथा प्रचार बिभागको केन्द्रिय सदस्य र पार्टीको माहाधिबेसन प्रतिनिधिका रुपमा क्रीयाशिल छु ।

यौटा राजनीतिकर्मिको जीवन संधै पारदर्शी र जवाफदेही हुनुपर्छ भन्ने मान्यता राख्दछु तेसैले आज तपाईंले मौका दिनुभएको अबसरलाई छोपेर मेरो सामाजिक र राजनीतिक जीवन र पृष्ठभुमिका बारेमा तपाईं संगको संवादमार्फत सार्बजनिक गर्ने प्रयत्न गर्छु ।म खेलाडी पनि भएकोले शारीरिक रुपमा मैले आफुलाइ मेन्टेन राखेको छु। तेसैले धेरै साथिहरुले मलाइ अझै विद्यार्थी संगठन तिरै क्रीयाशिल होला भन्ने ठान्नु हुन्छ । राजनीतिमा मेरो प्रवेश प्रजातन्त्र पुनर्स्थापना पछि २०४७, साल बाट भएको हो । नेपाल विद्यार्थी संघ संग आवद्ध भएर नेबिसंघको

राजनितिमा सकृय हुँदा मेरै नेतृत्वमा क्षेत्रीय अधिबेशन संयोजक भएर अधिबेशन सम्पन्न गरेपछि जिल्ला

सदस्यमा मनोनीत भए । तेतिबेला सभापतिय पद्धति थियो ।तेस पश्चात् कोषाध्यक्ष र जिल्ला सचिबको भुमिका निर्बाह गरेपछी सभापतिको लागि स्वाभाविक प्रत्यासी थियतर संगठन भित्रका केही साथिहरुको कपटपूर्ण भुमिकाले नेबिसंघ को जिल्लाको सभापति भएरसिन्धुपाल्चोकलाई नेबिसंघको उर्बर जिल्ला बनाउने सपना साकार हुन सकेन, तेसपछी विद्यार्थी राजनीति छोडेरपार्टी संगठन निर्माणमा सकृय भए । पार्टीमा जिल्ला सदस्यका रुपमा झन्डै १, दशक बढी जिम्मेवारी निर्बाहगरेपछी तेहि बिचमा पार्टीको माहासमिती सदस्य बने,अहिले पार्टीको माहाधिबेसन प्रतिनिधिका रुपमाक्रीयाशिल छु ।

माथिनै पनि भनिसकेको छु यौटा राजनितिकर्मीलाई तेतिबेला मात्र समाजले अनुमोदन गर्छ जब उस्को पृष्ठभुमि

सामाजिकहुन्छ । मेरो पनि केही सामाजिक पृष्ठभुमिहरु छन प्रथमतः मेरो जन्म सामाजिक र राजनीतिक पृष्ठभुमिभएकै परिवार बाट भएकोले उहाँ अरुकै प्रेरणाले म सामाजिक क्षेत्रमा पनि क्रियाशिल छु,, । राजनीति संगै केहीसामाजिक जिम्मेवारीहरु पनि एकसाथ निर्बाह गर्दै आइरहेको छु । अहिले म लोकतान्त्रिक गैरसरकारी संस्थासिन्धुपाल्चोकको सचिब,((चाइल्ड एनजिओ फेडेरेसन सिन्धुपाल्चोकको अध्यक्ष (रास्ट्र्रिय हृदय रोग प्रतिस्ठानसिन्धुपाल्चोकको सदस्यका रुपमा काम गरिरहेको छु । यौटा सहकारीको अध्यक्ष छु । यस अघि सिन्धुपाल्चोकउधोग बाणिज्य संघको क्षेत्रीय संयोजक र जिल्ला सदस्य भएर उधोग बाणिज्य क्षेत्रमा पनि काम गरेकोछु ।बिगतमा पत्रकारिता क्षेत्रमा केही बर्ष क्रीयाशिल हुंदा नेपाल प्रेस युनियन सिन्धुपाल्चोकको कोषाध्यक्ष भएर काम गरेकोअनुभव पनि छ ।म आफै मार्सल आर्ट र, भलिबलको खेलाडी पनि भएकोले कराते र भलिबल प्रशिक्षक समेत भएर जिल्लाको खेलकुदको बिकासमा झन्डै २, दशक सक्रिय भय । तेहि क्रममा म जिल्ला खेलकुद बिकास समितीसिन्धुपाल्चोकको सदस्य भएर एक कार्यकाल संस्थागत रुपमा काम गर्नेअबसर पाएको छु  ।म खेलकुदमा सकृय हुदा सिन्धुपाल्चोक खेलकुदको उर्बर भुमी मानिन्थ्यो । मैले मेरो ब्यक्तिगत पहलमासिन्धुपाल्चोकको मेलम्चीमा निशुल्क कोचिगं कक्षा सुरुवात गरेको थियो २०६१र६२ तिर तीन चार बर्ष लगातारकक्षा संचालन गरेपछी राजा ज्ञानेन्द्रले  शासन कु गरेपछी हामी सबै प्रतिगमनका विरुद्धमा सकृय भयौ तेसैले तेस्लाइनिरन्तर दिन सकिएन । मेलम्ची युबा क्लबको अध्यक्ष भएर दशकौं खेलकुद र विभिन्न सामाजिक अभियानहरुमासकृय भइ काम गरिरहेको छु ,, बहुचर्चित मेलम्ची खानेपानी आयोजनालाई सफल पार्न तेसै अन्तर्गत बनेको ह्योल्मो सिन्धु सामाजिकउत्थान कार्यक्रम संचालन समितिको राजनीतिक सल्लाहकार का रुपमा लामो समय काम गरेको अनुभव पनि छ। प्रत्येक राजनितीकर्मी आफै आत्मनिर्भर बन्नुपर्छ भन्ने मेरो दृढ मान्यता हो । जो कम्तीमा यौटा कुनै न कुनैउधममा छैन उ राजनीतिमा स्वतह अयोग्य हुने समाजको चरित्र बनाउनुपर्छ भन्ने धारणा पार्टी भित्र र अन्यराजनीतिक दलका साथिहरुका बिचमा गम्भीर ढंगले उठाउदै आयको छु । तेसो हुनसक्यो भने मात्र आज देखियकोप्रत्येक तहमा भयको भ्रष्टाचार कम हुन्छ भन्नेमा दृढ छु । बिगत २५, बर्ष देखि मैले आफैले निजि उधम गर्दै आयकोछु ।केही लाई रोजगारी सिर्जना गरेको पनि छु ।अहिले करिब ५०, जनालाइ रोजगारी सिर्जना गर्ने गरि करोडौंकोनिजि लगानीमा सिन्धुपाल्चोक कै प्रहिलो सुबिधासम्पन्न होटेल ब्यबसायमा लगानी गरिरहेको छु । कलिलो उमेरदेखिनै म अलि क्रान्तिकारी स्वभावको थिय आफू मार्सल आर्टको खेलाडी र उस्तै पारिवारिक पृष्ठ भुमि बाटभएकोले निडर थिए ।अन्याय,अत्याचार र दमन सहनु नै तेस्लाइ स्वीकार गर्नु हो एक्लै होस तर तेस्को कुनै न कुनै रुपमा प्रतिबादगर्नुपर्छ भन्नेशिक्षा घर बाटै प्राप्त भयो । प्रजातन्त्र पुनर्स्थापना पछि खासगरी मेरो क्षेत्रमा रास्ट्रिय प्रजातन्त्रपार्टीको दबदबा थियो । राप्रपाको पार्टी कार्यालय मेरै घरमा थियो बुबा राप्रपाको समर्थक हुनुहुन्थ्यो । तर बुबाकोव्यबहार ,र आचरण पुर्ण लोकतान्त्रिक थियो ।उहाँ पंचायतकालमा रास्ट्र्रिय पंचायतको सदस्यको उम्मेदवार समेतहुनुहुन्थ्यो,, बुबा आफै परिबर्तनकामी हुनु भयकोले मलाइ राजनीतिमा कुनै रोकतोक भयन । मेरो स्वर्गीय ठूलोबुबा राजेन्द्रप्रसाद श्रेष्ठ कांग्रेस समर्थक हुनुहुन्थ्यो ,हालको इन्द्रेस्वरी उच्च माबिको प्र,अ हुनुहुन्थ्यो म उहाँकै प्रेरणाले२०४७, सालमै नेबिसंघमा आवद्ध भयको थिय । राजनीतिमा मेरो प्रवेश एक प्रकारको घर बाटै बिद्रोह थियो ।


३. नेपाली काँग्रेसको सञ्चार बिभागको समितीका सदस्यको हैसियतमा काम गर्न पाउँदा कस्तो

लागेको छ ।




नेपाली कांग्रेस सुचना, संचार तथा प्रचार बिभाग मेरो लागि अलग बिश्व बिधालय हो ।

पार्टी प्रबक्ता अनि सिगाें मुलुकले भरोसा गरेको युबा पुस्ता माझ अतिनै लोकप्रीय आदरणीय बिश्व प्रकास

शर्माको नेतृत्वमा रहेर काम गर्न पाउनु मेरो लागि यो जति अबसर र सौभाग्य अरु के हुनसक्छ । संगठन, पार्टी,

साथीभाइ र मेरा अग्रजहरुले दियको जिम्मेवारी अनुसाशित र इमान्दारीपुर्बक निर्बाह गरेकैले मलाइ पुरस्कृत

गरेर यो जिम्मेवारी दिइयको हो भन्ने लाग्छ, ३०, बर्ष सम्म संगठनमा अनवरत रुपमा कहिलेइ बिचलित र

स्खलित नभै लाग्दा पदको कहिलेइ लालसा राखिन भर्खरै प्रवेश गरेका साथिहरुले टिकट समेत पाउँदा पार्टीका

नेताहरु संग कहिलेइ गुनासो गरिन, म पुरानो कार्यकर्ता भयकोले पनि मेरो सबै नेताहरु संग राम्रै सम्बन्ध थियो,

बिभाग गठन हुँदा पनि मैले कुनै नेतृत्व संग आफुलाइ बिभागमा ल्याउन भनिन,, तर पार्टीले मलाइ इमानदार

कार्यकर्ता सम्झेर सुचना बिभाग जस्तो महत्त्वपूर्ण बिभागको केन्द्रिय सदस्यमा मनोनीत गर्यो खुसि नहुने त कुरै

भयन । थप जिम्मेवारी र कर्तब्य थपिएको महसुस भाको छ ,म आफै कुनै समय संचार क्षेत्र संग आवद्ध भयर कामगरेको अनुभव पनि भाकोले थप उत्साहित भाको छु । मेरो क्षमता र सामर्थ्यले भ्यायसम्म संगठनलाई अझै

योगदान गर्दै जाने प्रतिबद्धता तपाईंको यो लोकप्रिय पत्रीका मार्फत सबै साथिभाइ शुभचिन्तकहरु माझ ब्यक्त

गर्दछु ।


४. यस समितीमा याँहाको भुमिका कस्तो रहेने छ

मुलतः सूचन,संचार तथा प्रचार बिभाग नेपाली कांग्रेस पार्टीको मुटु हो । परिबर्तित सन्दर्भमा पार्टीलाई

जनभावना बमोजिम समयानुकूल परिबर्तन र परिस्कृत गर्दै संगठनलाई प्रबिधि मार्फत आज र भोलिको पुस्ता संग

जोड्ने उदेश्यले यस्को गठन भयको हो । यो कांग्रेस भन्दा अलग होइन । पार्टीलाई चलायमान बनाइराख्न यस्ता

बिभागहरुको औचित्य पार्टीको बिधानले आफै पुष्टि गरेको छ । बिकास,परिबर्तन र लोकतन्त्रको संरक्षण ,र

संबर्दनमा नेपाली कांग्रेसको नीति ,कार्यक्रम ,सिद्धान्त र विचारका माध्यम बाट लोकतन्त्रको रक्षा गर्दै पार्टी लाई

सारा नेपालीको भरोसा योग्य पार्टी बनाउने अभियानमा पबित्र अठोटका साथ अनुसाशित र इमानदारी पुर्बक

संधै प्रयत्नशील रहनेछु ।


५ .बिश्वब्यापी रुपमा फैलिएको कोरोना महामारीका सञ्चार क्षेत्रमा कस्तो असर गरेको पाउँनु

भयो।


चिनको बुहान सहर बाट माहामारिको रुपमा फैलियको कोरोना भाइरसले आज संसारका सबै मुलुकहरू आक्रान्त छ।तेसबाट हामी अछुतो हुने त कुरै भयन – यद्यपि पर्याप्त समय हुंदा सरकारले गम्भीर साबधानी र सतर्कता अपनाउन सकेकोभय नेपाल कोरोना बाट मुक्त देश हुनसक्ने रहेछ भन्न सक्छौ ।सरकारले हेल्चेक्र्याइ गर्दा हामी अहिले तेसैको मूल्य चुकाउदैछौकरिब ५५, हजार हाराहारीमा संक्रमितहरु छन ।स्थिति भयावह बन्दै जादैछ । माहामारिले यौटा क्षेत्र लाई प्रभावित गर्नेअर्कोलाई नगर्ने भन्ने हुदैन । आज सबै क्षेत्र कोरोना माहामारिको चपेटामा छ ।उधोग ,कल कारखाना ,ब्यापार ,यातायातसबै ठप्प छ । सरकारले कोरोना रोकथाम र नियन्त्रण भनेर ६ महिना देखि लक डाउन गरिरहेको छ । असंख्य मानिसहरु तघर भित्रै छ्दैछन तर फ्रन्ट लाइनमा बसेर काम गर्ने संचारकर्मीहरु जोखिम मोलेर सुचना संकलन गरेर हिड्नु पर्ने भयकोलेयो क्षेत्र अत्यधिक असुरक्षित छ । राज्य फ्रन्ट लाइनमा रहेर काम गर्ने स्वास्थ्यकर्मी ,प्रहरी र संचारकर्मीहरुको समेत सुरक्षामासंबेदनसिल छैन । जुन दुःखद छ ।


६ .यसको रोक थाम तथा उपचारको लागी कसरी ब्यबस्थापन गर्न पर्ने देखीन्छ

म स्वास्थ्य बिज्ञ होइन तर यस्को नियन्त्रण र रोकथाममा कुनै न कुनै तहमाराजनिती प्रधान हुने भयकोले यौटा

सचेत नागरिक र राजनीतिकर्मिका रुपमा मेरा पनि केही सुझाबहरु छनःसबैकुराको हल राजनीति होइन तर राजनीतिले नेतृत्व अबस्य गर्न सक्छ । सरकार प्रारम्भ मै चुक्यो – भुकम्पबाजा बजायर आयन हामी भाग्न पनि सकेनौ तेसैले हामिले ठूलो मूल्य चुकायौ तर कोरोना माहामारी बाजा गाजासहित आयो तरपनी सरकारले यस्को रोकथाममा ठोस र प्रभाबकारी कदम चाल्न सकेन । करिब ३ महिनामासंसारका थुप्रै मुलुकहरुले यस्को रोकथाम र नियन्त्रणमा अपनायको तयारी र पद्धति हाम्रो निम्ति उपयोगीहुनसक्थ्यो तर सरकार कोरोना फ्री जोन भनेर बस्यो हो हामी तेहिनेर चुक्यौ जस्ले यो भयावह स्थिति निम्त्यायो। जब कोरोना नेपाल भित्रीयो सरकार तेस्को रोकथाम र नियन्त्रण कसरी गर्न सकिन्छ भन्नेमा भन्दा पनि स्वास्थ्यसामग्री खरिदमा कसरी भ्रष्टाचार गर्न सकिन्छ भनेर हिसाबकिताब गरेर बस्यो । कोरोना उपचारलाई उपयोगीभ्याक्सिन पुर्ण रुपमा प्रयोगमा आइसकेको छैन तेसैले यस्को उपचार भन्दा पनि रोकथाम र नियन्त्रण मै सरकारलेध्यान पुर्याउने हो । लक डाउन मात्रले न उपचार हुन्छ न रोकथाम र नियन्त्रण सम्भब छ । यतिबेला कोरोनासमुदायमै फैलिसकेको छ , नेपाल प्रबेश गर्ने सबै नाकाहरु पुर्ण रुपमा शिल्ड गरेर संक्रमित भैसकेकाहरुसंक्रमितको सम्पर्कमा आयकाहरु र संक्रमित नभयकाहरुलाई वर्गीकरण गरेर उनीहरुलाई छुटछुट्ै राखेर व्यापकपरिक्षण बाट मात्रै यस्को रोकथाम हुने देख्छु।यस्मा नागरिकको भुमिका पनि उत्तिकै छ ।बिश्व स्वास्थ्य संगठन, सरकार र नेपाली स्वास्थ बिज्ञहरुले सुझायकोनिर्देशन पालना गरेर अनुसासित पुर्बक व्यबहार र आचरण गर्ने ।


७ .खाश गरि लोकतान्त्रीक बिचार प्रती आस्थारहेका सञ्चार क्षेत्रको कसरी बिकास गर्ने योजना छ

संबिधानको बिधमान ब्यबस्थाले आस्थाका आधारमा संचारकर्मी वा संचार गृहहरुको यो वा त्यो नाममा वर्गीकरणगर्दैन । प्रत्येक संचारकर्मिहरुले कुनैपनी राजनीतिक दल माथी बिश्वास गर्न पाउछ आफ्नो आस्था राख्न पाउछ आफ्नो मतराख्न पाउछ तर कसै प्रती आग्रह वा पुर्बाग्रह राख्न पाउदैन, संचारकर्मी वा संचार गृहको उदेश्य लोकतन्त्र लाई संरक्षण रसंबर्दन गर्दै जनताको कुरा समाचार का माध्यम बाट संप्रेशित गर्दै समाज र राज्यलाइ खबरदारी गर्नु नै हुन्छ ।तर अहिले बिचार र आस्थाका आधारमा संचारकर्मी र संचार गृह हरु पनि बिभक्त छन राज्यको संचारकर्मिहरु माथिकोव्यबहार पनि तेहि अनुरुपको छ । मुलुकमा कम्युनिस्टको सरकार छ,तेसैले सरकार लोकतन्त्रबादी संचारकर्मी हरु प्रतीअनुदार त हुनेनै भयो। विशेषगरी लोकतन्त्रबादी संचारकर्मिहरु सरकारको निशाना छ । राज्य प्रेसलाई नियन्त्रण गर्नेबहानामा लोकतन्त्रबादी संचारकर्मि र संचार गृहहरुलाइ नियन्त्रण गर्ने कुत्सित मनसाय बाट अघि बढिरहेको देखिन्छ । प्रेसकाउन्सिल विधेक तेसैको ज्वलन्त उदाहरण हो । जहाँ प्रेस स्वतन्त्रता रहदैन त्यहाँ लोकतन्त्र जिबित हुनैसक्दैन यो बिषयमाकांग्रेस संधै स्पष्ट छ । तेसैले संचारकर्मिहरुको सुरक्षा ,स्वतन्त्रता अधिकारका लागि कांग्रेस हमेसा प्रतिबद्ध छ, यहि जगमाटेकेर प्रेसलाई राज्यको आतंक बाट जोगाउदै सुरक्षा ,सम्मान ,र प्रेसले उठायको न्युनतम पारिश्रमिक लगायतका बिषयमाएक्केबद्दता जनाउदै स्वतन्त्र र निस्पक्ष सुचनाका लागि सबै संचारकर्मी र संचार गृहको अधिकार सुनिस्चित गर्ने दिशामाहाम्रो भुमिका रहनेछ ।


८ .काँग्रेसको महाधिबेशनको मुखमा आएर भएको यो नियुक्तीले महाधिबेशन मा कस्तो प्रभाब

पर्छ होला ्र

पार्टीको आन्तरिक बिभागहरुको गठनमा केही ढिलाइ अबस्य भयकै हो । समयमा बिभागहरुको गठन नहुदा ((हजारौंसाथिहरु बर्शौ जिम्मेवारीबिहिन मात्र हुनु भयन । तेस्ले संगठनलाई ठूलो क्षति पुग्न गयो । तेस्को यौटै उदाहरण गयकोनिर्वाचनमा पार्टीले ब्यहोरेको पराजय हेरे पुग्छ । बिभागहरु गठन गर्ने अधिकार कांग्रेसको बिधानले सभापतिलाई दिन्छ।तर पार्टीका अन्य नेतृत्व संग पनि छलफल गरेर सहमति मै बिभागहरुको गठन गर्ने सभापति ज्यु को आकांक्षा हो सोहीअनुरुप उहाँले थुप्रैपटक अन्य नेताहरुलाई सहमतिका लागि आह्वान पनि गर्नु भयकै हो । तर असन्तुष्ट नेतृत्वहरुले सभापतिज्यु को आग्रहलाई बेवास्ता गर्नु भो । जस्ले बिभाग गठनमा ढिला हुनगयो । अन्तिम अबस्था सम्म पनि पार्टीका अन्य नेताहरुसहमतिमा न आयपछी सभापति ज्युले बिभागहरु गठन गर्नु भाको हो। सभापति ज्यु अझ पनि सहमति कै लागि तयारहुनुहुन्छ तेसैले बिभाग मनोनयनमा उहाँहरुलाइ स्पेस छोड्नु भाको हो। सभापति ज्यु ले पार्टीमा लामो समयदेखि दुख गरेरक्रियाशिल भैरहेका साथिहरुलाइ मनोनयन गर्नु भाको हो । कम्युनिस्टलाई मनोनयन गर्नु भाको हैन । यस्मा संकीर्ण हुनुपर्नेकिन ?एकैपटक हजारौं योग्य साथिहरु संगठनका लागि परिचालन हुदा पार्टी कमजोर हुन्छ कि बलियो यस्को उत्तर आगामीमाहाधिबेसनमा आज बिरोध गर्नेहरुले दिनु पर्नेछ ।

९ .लकडाउँनको कारण जिल्लामा कस्तो असर परेको छ्र

मैले माथिनै उल्लेख गरिसके यस्ले सबै क्षेत्र लाई असर पुर्यायको छ यस बाट कोहि अछुतो छैन तर जिल्लामा लक

डाउनगरिब,निमुखा र श्रमजीवीहरुलाइ मात्रै छ । हुनेखाने र पहुँच भयकाहरुलाइ संधै खुल्ला नै छ ।

तेसैले असर पनि तिनै मजदुर ,हुँदा खाने श्रमजीवीहरुलाइ नै बढी छ । व्यापार ,ब्यबसाय चौपट छ । कामबिहिन

मजदुर र गरिबहरुको राज्य नै छैन जस्तो भाको छ । कोरोना रोकथाम ,नियन्त्रण र राहतका नाममा स्थानीय

तहले करोडौं खर्च गरेको छ तर लक डाउन का कारण हातमुख जोड्न नसक्नेहरुले केही पाउन सकेको छैन । कोरोनामाहामारी संगै बाढी र पहिरोले १२५, भन्दा बढी नागरिकले ज्यान गुमायको जिल्ला हो सिन्धुपाल्चोक । लकडाउनले धेरैलाइ बेरोजगारी बनायको छ, राजधानी बाट नजिकको जिल्ला भयकोले संक्रमण को उच्च जोखिममाभयतापनी लक डाउन ब्यबस्थित गर्न नसक्दा एकातिर संक्रमणको जोखिम पनि कायमै छ ,गरिब ,मजदुर रश्रमजीवीहरु पनि कामबिहिन भयको भयै छ ।


१०.हाल सम्म यँहाले के के र कस्ता कामहरु गर्नु भयो बताइ दिनुहोस न


म राजनीति मा प्रवेश गरेकै ३०, बर्ष भयो सबै कामहरुको बिबेचना यौटा अन्तरबार्ता बाट सम्भब छैन यौटा मानिसलेउस्को उमेर र समाजको आबस्यक्ता अनुसार सामाजिक भुमिका निर्बाह गर्छ । मैले प्रारम्भ मै धेरै कुराहरु प्रष्ट पारिसकेको छु.मैले निर्बाह गरेको सामाजिक ,र राजनीतिक जिम्मेवारी विभिन्न भुमिका मार्फत फरक फरक क्षेत्र संग आवद्ध रहेर निर्बाहगर्दै आइरहेको छु ।चाहे त्यो पत्रकारिता को माध्यम बाट होस चाहे त्यो खेलकुद वा सहकारीका माध्यम अथवा सामाजिक र राजनीतिक संगठनसंग आबद्ध रहेर होस,म सबै क्षेत्रमा एक साथ निरन्तर क्रीयाशिल हुँदै काम गर्दै आयको मान्छे हु । एक दुई वटा प्रसंग उल्लेखगर्न चाहन्छु , २०७२, सालको भुकम्प पछि म ब्यक्तिगत रुपमा राहतमा खटिय जिल्लामा झन्डै ३५ सय हाराहारीमामानिसहरुको ज्यान गयो झन्डै आधा जनसंख्या त मेरै निर्वाचन क्षेत्र बाट थियो करिब ९०५ भौतिक संरचना हरु ध्वस्तथिय सुरु मा खाद्यान्न बितरणमा सक्रियता पुर्बक लागे पछि बिध्यालय को टिएल सि निर्माण र तेसपछी विद्यार्थी हरु लाईलत्ताकपडा र स्टेसनरी बितरणमा लागे करिब ३ बर्ष यसरी खटिय अहिले पनि भुकम्प बाट घरबारबिहिन हरुलाइ राहतउपलब्ध गराइरहेको छु । तेति मात्रै होइन अस्ति भर्खरै मेरै पहलमा एक जना भुकम्प पिडितलाइ घर बनायर हस्तान्तरणगरे । अहिले बाढी पहिरो पीडितको सहयोगार्थ जुटिरहेको छु केही दिन अघि मात्रै जुगलको लिदि पुगेर ३८, घरपरिवारलाईराहत बितरण गरेर फर्केको हु ।

११ .यँहाले खाश गरीसञ्चार गृह हरुलाइ कसरी सहयोग गर्नु हुन्छ भबिष्यमा के गर्ने योजना छ?

फेरि पनि दोहोर्याउछु –मेरो संचार क्षेत्र संग पुरानो र अबिस्मरणिय सम्बन्ध छ, म आफै यौटा समयमा त्यो क्षेत्र

संग आवद्ध भयर काम गरेको अनुभव छ, मैले यो क्षेत्रमा रहेर काम गर्ने साथिहरुको समस्या ,भावना बुझेको छु ।

खासगरी संचार गृहहरुलाइ राज्यले आस्था र बिचारका आधारमा गरिरहेको विभेद का बिषयमा पार्टी भित्र कुरा

उठायको छु । भर्खरै मात्रै मेरो बिभागको प्रहिलो ऐतिहासिक जुम बैठकमा संचारकर्मी ,संचारगृह उनीहरुको

,स्वतन्त्रता ,सुरक्षा ,र मर्यादा का बिसयलाइ गम्भीरतापुर्बक छलफलमा उठायको थिय ।

 १२आजकोअवस्थामा कांग्रेसको भुमिकाबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ ?

निर्वाचन बाट प्राप्त जनादेश नेकपालाई सरकार संचालन गर्ने र कांग्रेसलाई प्रतिपक्षीमा रहेर रचनात्मक भुमिका निर्बाहगर्नेभन्नेनैहो।.यतिबेलाननेकपालेजनतालेअपेक्षागरेबमोजिमसरकारसंचालनगरिरहेकोछनप्रतिपक्षीलेसशक्तभुमिकानिर्बाहगरिरहेकोछ.।सरकार चुकेपनीप्रतिपक्षी चुक्नुहुदैनथियो,प्रतिपक्षी सशक्त भय मात्रै सरकार ठिक बाटो मा हिड्छ.संसद बन्दी भय पछी देशै भरी प्रतिपक्षी छैन भन्ने जस्तो भएकोछ ।यस्तो माहाब्याधीमा पनिसरकारकै संरक्षणमा भ्रष्टाचार भैरहेको छ.जनता आत्महत्या गर्न बिबस छ, बाढिपहिरोले सिङ्गो मुलुक आक्रान्त छ ,गरिब मजदुर ,श्रमजीवीहरु भोकै मर्दैछ ,कानुन खेलौना जस्तै भएकोछ, अपराधीहरुले उन्मुक्तिपाउदैछ.बलात्कार ,र हिंसा बढिरहेको छ ,हाम्रा चेलिहरु असुरक्षित हुदैछन  यस्तो विषम परिस्थितिमा पनि जनताको आवाज मुखरितगर्न नसक्नू कांग्रेसको गम्भीर कमजोरीहो ।.यस्मा पार्टी केन्द्रिय नेतृत्वको मात्र दोष छैन जिल्ला ,क्षेत्र ,गाउँ नगर वडा सबै तहका नेतृत्व दाषी  देखिन्छ ।  .केन्द्रसरकार मात्र होइन  स्थानीय तह अहीले सबै भन्दा बढी  भ्रष्टाचारको अखडा बनेको छ, सरकारले बाटो बिराय पनि प्रतिपक्षीले जनतालाइ आस्वस्त तुल्याउन नसक्दा ब्यबस्था प्रतीनै जनताको निराशा बढ्दैजानेछ. तेस्को मुख्य जिम्मेवार कांग्रेस नै ठहर्नेछ .किनकी कांग्रेस संग जनता ले घुर्की लगाएको हो कांग्रेसलाई अस्विकृत गरेको होइन कांग्रेस ले यतीबुझ्न जरुरी छ.

 १३. अन्तमा याँहाको भनाइ के रहेको छ्र

तपाईंको लोकप्रिय पत्रीका मार्फत मलाइ मेरा सम्पुर्ण साथिहरुका माझ आफ्ना  केही बिचारहरु सार्वजनिक गर्ने मौकादिनु भएकोमा पुनह धन्यवाद ब्यकत गर्दछु ्र मलाइ राजनीति र सामाजिक क्षेत्रमा हमेसा प्रेरणा र साथ दिनुहुने मेरा सम्पुर्ण साथिभाइ ,अग्रज ,आफन्त,र परिवार प्रती संधै ऋणि छु । समाजको चौतर्फी बिकासमा सबैले आआफ्नो क्षेत्र बाट मिलेर योगदान गरौ ।बाढी पहिरो र कोभिड १९, ले हामी सबैको जनजीवन प्रभावित छ । त्रसित नबनी ,संयमता र धैर्यतापुर्बक यस्कोसामना गरौ । स्वस्थ जिबनको सबैमा शुभकामना ब्यक्त गर्दछु । जय नेपाल 


, , , , , ,