प्राथमिकताका साथ सिन्धुपाल्चोक मौसम सम्बन्धी जानकारी हुने
देश भर बदलिएको मौसमका कारण असर परिरहेको छ । यसको असर सिन्धुपाल्चोक जिल्लामा पनि परिरहेको छ यो मौसमका कारण हुन सक्ने क्षतीलाइ मध्यनजर राख्दै २४सै घण्टा मौसम सम्बन्धी जानकारी लिनका लागी ब्यबस्था मिलाइएको छ ।
खाश गरि सञ्चार माध्यम रेडीयोहरु मार्फत सिन्धुपाल्चोकका नागरिकलाइ र यस सम्बन्धमा सचेत गराउँन सकिने भएको छ । मौसम बिग्रीरहेको अबस्थामा जल तथा मौसम बिज्ञान बिभाग मौसम पुर्बानुमान महाशाखाको ०१४११३१९१मा सम्पर्क गरि रेडियो हरुले सुचना प्रबाह गर्न सक्ने भएका हुन । बिशेष गरि सिन्धुपाल्चोक जिल्लाका केही दिनको लागी रेडियो एफएम हरुलाइ २४सै घण्टा जानकारी दिने र रेडीयो हरुले आआफ्ना फिकेन्सी मार्फत स्थानीय नागरिकलाइ जानकारी गराउँने सिन्धुपाल्चोक जिल्लाका प्रजिअ उमेश कुमार ढकालले बताउँनु भयो ।