चौतारा, असोज १ ।
GSK को आर्थिक सहयोग तथा केयर नेपाल र टुकी संघ सुनकोशीको साझेदारीमा “मातृ तथा नवशिसु, बाल स्वास्थ्य र प्रजनन स्वास्थ्य सुद्धिढीकरन”९सम्मान परियोजना० बाट भोटेकोशी गाउँपालिकालाई गाउँघर किल्निक तथा बर्थिङ सेन्टर सञ्चालनको लागि अवश्यक औजार तथा उपकरणहरु सहयोग प्राप्त भएको छ ।
गाँउपालिकाका अध्यक्ष राजकुमार पौडेल, उपाध्यक्ष दाबुटी शेर्पा लामा को उपस्थितिमा सो सामाग्री बुझिएको प्रमुख प्रशासकीय अधिकृत मोहन प्रसाद निरौला जानकारी दिनुभएको छ ।
यस्तै बुधबार भोटेकोशी गाउँपालिको आ।ब।७७÷७८ को स्वीकृत कार्यक्रम अनुसार बाढी पहिरोको कारणले घर गोठ बगाएका परिवारलाई गाउँपालिकाको तर्फबाट उपलब्ध हुने रु २५ हजार राहत बितराण गरिएको छ । पालिका भित्रका २२ घरपरिवार बिहिन परिवारलाई प्रति परिवार २५ हजारका दरले सहयोग गरिएको हो ।
गाँउपालिकाका अध्यक्ष राजकुमार पौडेल तथा उपाध्यक्ष दाबुटी शेर्पाले पिडितको घर दैलोमा नै पुगरे सो रकम हस्तान्तरण गर्नुभएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन प्रसाद निरौला जानकारी दिनुभएको छ ।