बागमति प्रदेश सरकारले आर्थिक सहयोग गर्ने

अर्जुन शर्मा,चौतारा, भदौ २९ । 

बागमति प्रदेश सरकारले बाढी पहिरोले क्षेति पुर्याएको प्रदेश भित्रका  ४ स्थानीय तहलाई आर्थिक सहयोग उपलव्ध गराउने भएको छ । 


प्रदेश विपत् व्यवस्थापन निर्देशक समितिको सोमबार बसेको बैठकले बाढी पहिरोले क्षति पुरयाएको सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका, मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिका र दुप्चेश्वर गाउपालिकालाई आर्थिक सहयोग गर्ने निर्णय गरेको हो । 

स्थानिय तहलाई तत्काल सहायताका लागि आर्थिक सहयोग उपलव्ध गराउने निर्णय भएको सामाजिक विकास मन्त्री युवराज दुलाल शरदले जानकारी दिनुभयो ।

मन्त्री दुलालका अनुसार सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका, मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालाई क्रमशः ३० लाख र १५ र १५ लाख र  नुवाकोटको दुप्चेश्वर गाउपालिकालाई  ३० लाख उपलव्ध उपलव्ध गराइने भएको छ ।

, , ,