जाल्पादेबीका शिक्षकहरुलाई आइसिटी तालिम

चौतारा, भदौ २१ ।

जाल्पादेबी मा.बि बाहुनेपाटीले आफ्नो बिद्यालयको शिक्षक शिक्षिकाहरुको लागि एकहप्ते आइसिटी तालिमको सुरुवात गरेको छ । 


बिद्यालयको आन्तरीक स्रोतबाट आज एक अनौपचारीक कार्यक्रम गर्दै तालिमको सुरुवात गरीएको बिद्यालयका प्रध्यानाध्यापक बिष्णु गौतमले जानकारी दिनुभयो । 

तालिम उद्घाटन सत्रका प्रम्ख अतिथी मेलम्ची नगरपालिकाका शिक्षा शाखाका अधिकृत सुदिनराज बुढाथोकीले श्भकामना राख्दै प्रबिधि मैत्री तालिमहरुले शिक्षण सिकाइ का साथै शिक्षकहरुको क्षमता बिकासले बिद्यालय र बिद्यार्थीहरुमा सिकाइ प्रभाकारीता बढ्ने बिश्वास ब्यक्त गर्नुभयो । बिद्यालयका लेखा तथा कप्युटर शिक्षक अमृत माझीको सहजीकरणमा बिद्यालयका २२ जना शिक्षक शिक्षिकाहरुलाई कप्युटरका बिभिन्न कोर्स सम्बन्धि एकहप्ते तालिम तालिमको आयोजना गरीएको प्र.अ.गौतमले बताउनुभयो ।

, , ,