अहिले जे जति कामहरु भएका छन् ति स्थानिय सरकारकै पहलमा भएको देखिन्छः शिक्षक पन्त

गुल्मी जिल्ला रुरु गाँउपालीका वडा नं. ४ घर भइ हाल सिन्धुपाल्चोक जिल्ला को झिर्पु मा.वि. मा कार्यरत रहनु भएको पिता  लिलामणी पन्त र माता कलामनी पन्तको छोरा टङ्क प्रसाद पन्त सँग लोकप्रिय समाचारका लागी बिपना तामाङ्गले गर्नु भएको कुराकानीको अशंः 


 १. यँहाको परिचय दिनुहोस न ?

धन्यवाद प्रश्नहरुका लागि मेरो नाम टंक प्रसाद पन्थ हो । मेरो घर गल्मी जिल्ला रुरु गाँउपालकिा वडा न ४ हो  म अहीले शिक्षण पेशामा काम गरिरहेको छु ।

२. तपाइ अहिले कुन जिम्मेवारीमा रहनु भएको छ ?

म  अहीले श्री झिर्पू मा.वि,भोटेकोशीमा प्रअको  जिम्मेवारीमा रहेर काम गर्दै छु । 

३. हाल सम्मको देशको राजनीती अबस्था के रहेको छ ? 

देशको राजनितिक अवस्था विकाराल छ, आर्थिक,सामाजिक रुपमा अत्यन्त कमजोर छ ।

४ बिश्वब्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण  शिक्षा क्षेत्रमा कस्तो   असर गरेको पाउँनु भयो ?

कोरोना महामारीका कारणले देशको समग्र पक्षमा असर गरेको छ। गरिखाने वर्गमा यसको प्रत्यक्ष प्रभाव पर्नुका साथै अन्यमा पनि केहि न केहि प्रभाव परेको छ। खासगरि दैनिक ज्यालादारी मजदुर र विधार्थीहरु धेरै नै मारमा परेमा छन्।, शिक्षा क्षेत्रमा भन्ने हो भने उसमा ठुलो समस्या परेको छ । बिद्यार्थीहरको सिकाइमा ठुलो समस्या परेको छ । हाम्रो जस्तो मुलुकमा त्यो माथी पनि भोटेकोशी गााउ पालीका जँहा पहाडी क्षेत्र पर्छ  बिद्यार्थीहरु पैदल हिडेर बिद्यालय आउँन जान पर्छ यसरी सिकाइमा लाग्न पर्ने बेलामा यो महामारीका कारण सिकाइमा ठुलै असर परेको छ । 

५. यसको रोक थाम तथा उपचारको लागी कसरी ब्यबस्थापन गर्न पर्ने देखीन्छ ?  

यसको रोकथामका लागि सामाजिक दूरिकायम गर्ने,सावुन पानिले वारम्वार हात धुने, मास्कको अनिवार्य प्रयोग गर्ने र सावधानिका उपायहरु अवलम्वन गर्ने।

रोगिहरुलाई अनिवार्य रुपमा अरु व्यक्ति सगं भन्दा टाढा राखेर उपचार गर्ने  खाश गरि सरकारको निर्देशन बमोजिम लकडाउँनको पालना गरि जथाभाबीि नहीड्ने अनाबस्यक रुपमा  भिडभाड नगर्ने लगायतका बिषयमा त्तयान दिन पर्ने  देखिन्छ । 

६. हाम्रो देसमा  प्रकृती बिपती परिरहेको पाइन्छ हाल मात्र बाढी पहिरोले ठुलो क्षती गरेको छ यस सम्बन्धमा यँहाको धारणा के  छ ?

नेपालमा वर्षेनि वाढिपहिरोवाट ठूलो धनजनको क्षतिहुने गर्दछ यसका लागि सुरक्षित क्षेत्रमा आवास निर्माण गर्ने,खोला छेउछाउका वस्ती व्यवस्थापन,पहिरो जोखिम क्षेत्र पहिचान गरि वस्ती स्थान्तान्तरण योजना लागू गरि एकिकृत वस्ति विकासको निति तुरुन्त अवलम्वन गरिनु पर्दछ।

७. हाल सम्म भए गरेका कामहरुका बारेमा यँहाको कस्तो अनुभब रहेको छ ?   

देशमा विध्यमान समस्याहरु समाधान गर्न सरकारले चालेका कदमहरु प्रयाप्त्त छैनन् । देशवासीको स्वास्थ्य र जिउधन भन्दा अरु केहि हुन सक्दैन तसर्थ सरकारको ध्यान यस तर्फ केन्द्रित हुन जरुरी छ।

 ८. समग्रमा अहिले  देखीएका समस्या के हुन र समधानका लागी के गर्नु पर्ला ?

. मूलत अहिलेका समस्याहरुः कोभिड १९, वाढिपहिरो,गरिवी,वेरोजगारी,रोगभोग,आदी  हुन । सामाधानका लागि सरकार र यसका निकायहरुले तधारुकताका साथ काम गर्नु पर्दछ ।

९. स्थानीय सरकारले गरेका कामहरुका बारेमा यँहाको मुल्याङ्कन कस्तो छ ?

.वास्तवमा अहिले जे जति कामहरु भएका छन् ति स्थानिय सरकारकै पहलमा  भएको देखिन्छ तर पनि क्वारेनटाइन व्यवस्थित अझै हुन सकेका छैनन् त्यसैगरी वाढिपहिरो  पिडितलाई राहत पुर्नस्थापना,सुरक्षित वासस्थानको व्यवस्था गर्नु पर्ने छ।

१०. तपाइको बिचारमा जन प्रतिनिधीले  नागरिकको लागी कस्तो कस्तो कामगर्नु पर्छ ?

जनप्रतिनिधिहरुले जनताका समस्या सुनि तिनका  समाधानका लागि यथासक्य प्रयास तथा स्थानिय सो्रतसाधनको अधिकतम प्रयोग गरी विकास निमार्ण र जनताका दैनिक आवश्यकता परिपूर्ति गर्नुपर्दछ।

११. तपाइको भाबी रण निती  के छ  कसरी अगाडी बढ्ने योजना  छ ?

. कोभिड १९ ले शिक्षा क्षेत्रमा ठूलो असर गरेको छ । बालवालिकाहरु पठनपाठन कार्यवाट प्रत्यक्ष प्रभावित भइरहेको अवस्थामा सरोकारवालासगं अवस्था केहि सहज भएपछि छलफल गरी वैकल्पिक व्यवस्था गरी पढनपाढन गतिविधि अगाडी वढाउने सोचमा छु ।

१२. हाल सम्म यँहाले के के र कस्ता कामहरु गर्नु भयो र भबिष्यमा के योजना छ ?

. विधार्थीका हातहातमा पाठ्यपुस्तक पुर्याउनुका साथै कोभिड को सक्रंमण अलि कम भएको वेलामा विधार्थीसगं प्रत्यक्ष सम्र्पकमा रहि केहि समय पढनपाढनको काम सचाँलन गरियो । अवका दिनमा शैक्षिक सत्र खेर नजानि गरी विधालयको सचालन गर्ने योजना छ ।

१३.अन्तमा याँहाको भनाइ के रहेको छ ?

. यस विषम परिस्थितीमा पहिलो प्राथमिकता सवै विधार्थी,शिक्षक,कर्मचारी र अभिभावक सुरक्षित रहनु हो त्यस पछाडी सुरक्षित विधि अपनाएर दैनिक गतिविधि सचाँलन गर्नु पर्दछ। यस अवस्थामा आतिने हतोतसाही हुने भन्दा दृढ विश्वास,माया,सदभाव र आपसि एकता कायम गरी अगाडी वढ्नु पर्दछ ।


, , , ,