सांगितिक आकाशमा उदाउंदो अर्जुनको पिरती नलाम मयां बजारमा


सन्तोष अधिकारी, काठमाडौं 

            बनकी चरी गीतको सफलता संगै चर्चामा आएका हेन्डसम गायक अर्जुन सापकोटाले फेरी अन्य गीतहरु सांगितिक बजारमा ल्याउने तयारी गरेका छन्।हालसालै मात्र उनी लगायत जय देवकोटा, बिमल अधिकारी र यज्ञ सापकोटाको टोलीले ूपिरती नलाम मयां, मन पोल्छू नामको नयां गित बजारमा ल्याएका छन्।उक्त गीत पनि चर्चाको शिखरमा रहेको छ।दर्शकको चाहना बुझेर नयां नयां स्वाद चखाउन खप्पिस गायक सापकोटा युवा पुस्तामा मात्र नभै वृद्ध वृद्धा समेतले माया गर्ने कलाकारमा पर्छन्।यसमा उनको चन्चले स्वभाव, सधैं मुस्कुराई रहने स्वभाव र सबैसंग घुलमिल हुनसक्ने खुबीले विशेष भुमिका खेलेको छ।

        गीत गाउन मात्र होइन कलाकार सापकोटा को स्टेज पर्फर्मेन्स पनि उत्कृष्ट छ।हरेक स्टेज कार्यक्रममा सुरुमा भगवानको भजन गाएर आफ्नो प्रस्तुतीको थालनी गर्ने उनले सबै किसिमका प्रस्तुती दर्शकसामु पस्कने गर्छन्।सुमधुर स्वरका धनी गायक अर्जुनको लाइब दोहोरी पनि कसैको भन्दा कम छैन।भनिन्छ हुने बिरुवाको चिल्लो पात, सानै उमेरदेखि गीत संगितमा रुची राख्ने उनी आफ्नै परिवार प्रेरणाको स्रोत रहेको बताउंछन्।गायक एवं सर्जक मणी सापकोटा उनका पिता जी हुन्।परिवारबाट प्रभावीत हुंदै सानै उमेरदेखि सांगितिक क्षेत्रमा होमिएका सापकोटा सफलताको लागि संघर्ष गर्न सक्नुपर्ने बताउंछन्। संघर्ष गरेरै आफु अहिलेको स्थानसम्म पुगेको र सफलता पाउनु छ भने हरेक अप्ठेरोलाई अवशरका रुपमा लिएर अगाडी बढ्नुपर्ने उनको भनाई छ।गायक अर्जुन सापकोटा टिक टकमा समेत सर्वाधिक रुचाईएका कलाकार हुन।हजारौं फ्यान, फलोअर्सका धनि बन्न सफल भएको छु, मेरो सफलता नै यहि हो।दर्शकहरु मेरा भगवान हुन, उनीहरुको माया अनि आशिर्वादले गर्दा यो स्थानसम्म पुगेको छु।भोलिको दिनमा पनि अझै बढी माया अनि सद्भावको अपेक्षा गर्दछु, जसले गर्दा मेरो कलाकारितालाई मल जल पुगोस, उनी बताउंछन्।उनको भर्खरै मात्र बजारमा आएकोूपिरती नलाम मयाँ मन पोल्छ”को अफिसियल भिडियो गत बिहीबार सार्वजनिक गरिएको छ । गितको टुक्का टिकटमा अत्याधिक भाईरल भएको थियो । गितको शब्द चर्चित मोडल एबम गितकार बिमल अधिकारीको रहेको छ भने गितमा अर्जुन सापकोटा,जय देवकोटा,यज्ञ सापकोटा र पूर्णकला वि।सि को स्वर रहेको छ । अर्जुन सापकोटा,जय देवकोटा,यज्ञ सापकोटाको सयुक्त संगीत रहेको गीतमा सञ्जय श्रीपालीको एरेञ्ज,हेमन्त कान्छा रसाइलीको सारंगी,कुमार सानु पुनको मिक्सिङ्ग रहेको छ । म्युजिक भिडियो बिमल अधिकारीको निर्देशनमा रहेको छ भने म्युजिक भिडियोमा बिमल अधिकारि साया भण्डारी,कृष्ण बा,बिष्णू भण्डारीको अभिनय रहेको छ । राजेश घिमिरेले छायांकन गरेको म्युजिक भिडियोलाई दिपक बिष्टले सम्पादन गरेका हुन भने भिडियो भावना म्युजिक सोलुसनको अफिसियल च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

  


, ,