नेपाल रेडक्रसको ५८ औं दिवसमा बिबिध कार्यक्रम

चौतारा,भदौ १९ । 

ताली बजाउनुहोस(#KeepClaping)  भन्ने मूल नाराकााथ नेपालमा रेडक्रसको स्थापना भएको दिनलाई स्मरण गर्दै आज चौतारामा विविध कार्यक्रम गर्दै ५८ औं रेडक्रस दिवस मनाएको छ । 


कोभिड १९, बाढी पहिरो लगायत हालैका दिनहरुमा सामना गरिरहनु परेका मानवीय संकटका समयमा अग्रपंतिमा रही गाउं शहरमा खटिईरहेका सबै रेडक्रसकर्मी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतका महानुभावहरुले विद्यमान संकटमा प्रदर्शन गरेको सेवा भाव, त्याग र समर्पणलाई रेडक्रस दिवसको अवसरमा ताली बजाएर सम्मान गरेको हो । 

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका सभापति राजेन्द्रमान ताल्चाभडेलले रेडक्रस झण्डाको झण्डात्तोलन गर्दै शुरु भएको कार्यक्रममा नेपालमा रेडक्रसको स्थापनाको छ वर्ष पर्छि  सिन्धुपाल्चोकमा वि.स. २०२६ साल देखि रेडक्रस अभियानका गतिविधि सञ्चालन गरेको स्मरण गर्दै प्रकृति तथा मानवजन्य विपदको परिस्थितिमा सेवाका लागि परिचालन हुने स्वयमसेवीहरुले सुरक्षित पहँुचको अवधारण अनुरुप पहिलो आफू सुरक्षित भई सेवा दिनपर्ने सभापति ताल्चाभडेलले बताउनुभयो ।

वि.स. २०२० साल भाद्र १९ गते वैधानिकता पाए पश्चात प्रत्येक वर्ष उक्त दिनलाई नेपाल रेडक्रस दिवसको रुपमा विभिन्न कार्यक्रम सहित मनाउंदै आएको छ । तात्कालीन राजपरिवारका सदस्य प्रिन्सेस शाह नेपाल रेडक्रसको संस्थापक अध्यक्ष हुन ।

साप्ताहिकरुपमा मनाउंदै आएको रेडक्रस दिवसको अवसरमा विपदमा परेका लागि राहत वितरण, सरसफाईका लागि चोकहरुमा पानी ट्यांकी राखी हातधुने स्थान राख्ने लगायत यस वर्ष कोभिड १९ को संक्रमणलाई मध्यनजर गर्दै अनलाईन गतिविधिमा जोड दिंदै र भौतिक दूरी कायम राखी भाद्र १४ देखि २० गतेसम्म सान्दर्भिक गतिविधिहरुका साथ दिवस मनाउंदै आएको जिल्ला शाखाका मन्त्री कमलचरण कक्षपतिले बताउनुभएको छ । 

, ,