हाम्रो मुख्य काम नै दुखी र पीडितहरुको मुहारमा खुशी ल्याउनु हो प्र.ना.उ.काफले


 सिन्धुली जिल्ला साविककोरानिचुरी गा.वि.स. वडा नं.६ हाल कमलामाई नगरपालिका वडा नं.१२ स्थाइ ठेगाना भई हालसिन्धुपाल्चोक जिल्लामा कार्यरत रहनु भइ मिति २०७७।०५।१५ गते जिल्ला प्रहरी कार्यालय जुम्ला सरुवा भइ जान लाग्नु भएका प्रहरी सङ्गठनमा रहेर कुशल प्रशासनमा मात्र होइन नागरिकसँग समेत राम्रो सम्बन्ध रहेका मिलनसार कानुनी कठोरताका रुपमा परिचितसमेत रहनु भएका प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्लेसँग लोकप्रिय समाचार का लागी नेत्रबहादुर बस्नेतले गर्नुभएको छोटो कुराकानीको अशं

१. तपाइ प्रहरी क्षेत्रमा कहिले देखी प्रबेश गर्नु भयो र यस अघि कहाँ कहाँ कसरी काम गर्नु भयो, आफ्नो परिचय सहीत छोटकरीमा बताइदिनुहोसन ?


मेरो नाम माधव प्रसाद काफ्ले,स्थाई वतन जिल्ला सिन्धुली साविकको रानिचुरी  गा.बि.स. वडा नं. ६, हाल कमलामाई नगरपालिका वडा नं.१२ हो । मैले त्रिभुवन बिश्व बिद्यालयबाट एम.पि.ए, राजनितिक शास्त्रमा स्नातकोत्तरसम्मको पढाई पुरा गरेको छु। प्रहरी सेवा प्रबेश गर्नु पुर्व स्थानिय बिद्यालयमा गणित बिषयको शिक्षको रुपमा रही शिक्षण पेशाको अनुभव, लघु उधम बिकास कार्यक्रम (ःभ्म्भ्ए) मा करिव २ बर्षको अनुभव समेत हासिल गरेको छु ।म २०६४ सालमा प्रहरी निरीक्षकको दर्जाबाट प्रहरी सेवामा प्रवेश गरेको हुँ । १२ बर्षे कार्यकालमा बिभिन्न कार्यालयहरुभरतपुर तालिम केन्द्र, प्रहरी प्रधान कार्यालय अन्बेषण निर्देशालय, अ.दु.अ.आयोग बर्दिबास महोत्तरी, जि.प्र.का. दोलखामा रही काम काजगर्नुका साथैई.प्र.का.ढल्केबर धनुषा र ई.प्र.का.रगेली मोरङको कार्यालय प्रमुखको रुपमा समेत आफ्नो कार्यकाल पुरा गरेको अनुभव छ ।

२ .तपाइको अहिले सम्मको अनुभव र उद्धेश्य बताइ दिनुहोस न?

मेरो प्रमुख उद्देश्य नागरिक सुरक्षा नै हो । समाज र देशलाई आपराधिक क्रियाकलापबाट मुक्त गराई भयरहित, सुरक्षित र व्यवस्थित समाज निर्माण गर्नु नै मुख्य काम हो । अहिलेसम्म नागरिक सुरक्षामा सदैव आफूलाई कटिबद्ध रुपमा लगाए । त्यस्मा नै म खुशी छु ।

३ .तपाइलाई आम नागरिकहकोसुरक्षाकोआश्थाको केन्द्रमारही जिम्मेवारीभएर काम गरिरहँदा कस्तो लागेको छ?


म निकै नै खुशी छु आफ्नो पेशाप्रति । हाम्रो पेशाको मुख्य काम नै दुखी र पीडितहरुको मुहारमा खुशी ल्याउनु हो । सुरक्षित समाज निर्माण गर्नु र अपराध अनुसन्धान गर्नु प्रहरीको मुख्य जिम्मेवारी हो । आफ्नो जिम्मेवारी वहन गरिरहँदा पीडितको आँखामा देखिएको खुशीले सदैव एक अधिकारी सीपाही भएर काम गर्न अभिप्रेरित गरिरहन्छ ।

४. तपाइले यो क्षेत्रमा काम गरेर के के सफलता पाउँनु भयो?

समाजमा शान्ति सुरक्षा कायम राख्नु, अपराध नियन्त्रण तथा रोकथाम गर्नु रअपराधको सफल अनुसन्धान गर्नु नैहामी प्रहरीको प्रमुख कर्तव्य हो । त्यसै सिलसिलामा अहोरात्र खटिई अपराधिक क्रियाकलाप एवं अपराधिक मनसायमा आवद्ध ब्यक्तिहरुलाई नियन्त्रणमा लिई कानुनी दायरामा ल्याई जनमानसमा भयरहित बाताबरणको सृजना गर्नुमा नै सफल भएको अनुभुति गरेको छु ।

५. सिन्धुपाल्चोकमा काम गर्दा कतीको सहजता पाउँनु भएको छ?

सिन्धुपाल्चोक मेरो आफ्नै घर जस्तै लाग्छ । यहाँ बस्दा कहिल्यै मैले म यहाँको हैन भन्ने अनुभव गर्न परेन । सबैबाट साथ सहयोग प्राप्त भयो । अपराध अनुसन्धान र सुरक्षित समाज निर्माणका लागि मैले कसैसँग सम्झौता गरिन । त्यसमा यहाँका नागरिकहरु, पत्रकार मित्रहरु, जनप्रतिनिधि, राजनितिक दलका प्रमुखहरुको साथ र समर्थन मुख्य रुपमा रहेको छ । मैले कुनै पनि काम गर्दा असहज अनुभव गरिन । मैले आफूले् दिने सेवामा पनि तेरो र मेरो कहिलै गरिन । त्यसकै परिणाम आज सिन्धुपाल्चोकबाट कार्यसम्पादनमा उत्कृष्ट गर्न सकेको छु भने यस जिल्लालाई छाडेर जाँदा निकै दुखी छु ।

६. समग्रमा सिन्धुपाल्चोकको सुरक्षाकोगतीबिधी कस्तो रहेको छ?

सिन्धुपाल्चोक प्राकृतिक विपतिबाट असुरक्षित छ । त्यो न प्रहरी न सेना कसैले पनि रोक्न सक्दैन् । तर पनि कुनै पनि घटना घटिसके पश्चात प्रहरीको मुख्य काम रहन्छ । पीडितको उद्धार, राहत र व्यवस्थापनमा प्रहरीको प्रमुख भूमिका हुन्छ । त्यसमा प्रहरीले सदैव अग्रस्थानमा रहेर काम गरिरहेको छ । अन्य आपराधिक छिटपुट घटना मानिस भएका ठाउँमा जही तही नै हुन्छ म त्यसलाई सामान्य रुपमा लिन्छु। अहिले मुख्य कुरा त कोरोना संक्रमणको अवस्था छ । त्यसमा नाकाहरुमा बाहिरबाट आउने मानसिहरु रोक्ने, गस्ती र सुरक्षा पनि प्रहरीको मुख्य जिम्मेवारी छ । त्यसमा प्रहरीले आफ्नो जिम्मेवारी निभाइरहेको छ ।

७ .अहिले सम्म तपाइले के(के गर्नु भयोबताइ दिनुहोस न?


प्रहरी अधिकारीले जे काम गर्छ मैले पनि त्यही गरे । अपराध अनुसन्धान, सूचना सम्प्रेषण, पीडितलाई न्याय दिने कुरामा जहाँ रहेर पनि मैले काम गरे । सुरक्षित समाज निर्माणका लागि समुदायसँग बसेर समुदाय केन्द्रित जनचेतनामुलक कार्यक्रम गरी जनता र प्रहरी बिच भाईचारायुक्त सम्बन्ध सुमधुर बनाउनआवश्यक समन्वयको भुमिका निर्वाह गरे  । याहाँ बसुन्जेल मेरो बल बुद्धिले भ्याए सम्म नागरीक केन्द्रित र नागरीकहरुको सहयोगको लागी अहोरात्र खटिई संगठनले दिएको जिम्मेवारी तदारुकताका साथ पालना गरी संगठनको शाख मुल्य र मान्यता प्रति सदैब कटिबद्ध भई जिम्मेवारी बहनमा क्रियासिल रहे ।

८. यस जिल्लामा क्रियासिलरहदा तपाइले अरु जिल्ला भन्दा कती फरक पाउँनु भयो ?

हामी फौजि जागिरेको लागि सबै जिल्ला उस्तै हुन । तै पनि सिन्धुपाल्चोक मलाई कहिल्यै मेरो जन्मभूमि भन्दा फरक लागेन । यहाँका आमा बुबा, साथीभाईबाट पाएको माया र स्नेह मेरो यस जिल्लामा बस्दाका अनुपम सम्झनाहरु हुन् । यहाँ जति बसे मैले यहाँका नागरिक, पत्रकार मित्र, जनप्रतिनिधि, राजनितिक दलबाट सदैव साथ र सहयोग पाए । उहाँहरुले पनि कहिल्यै यसो गर्न भनेर दबाद दिनुभएन । यो मेरो लागि सबैभन्दा ठूलो सहयोग थियो । मैले सबैलाई एउटा साथी, भाइ, दिदीबहिनी, आमा, बुबाको रुपमा पाए। मलाई सिन्धुपाल्चोक छाडेर जादै गर्दा मैले आफ्नै घर छाडेर गएको जस्तो लागेको ।

९. तपाइ जिल्ला प्रहरी कार्यलयसिन्धुपाल्चोकको सुचना अधिकारीको रुपमासमेत रही काम गर्नु भयो याँहाका नागरिकलाईकसरी मुल्याङ्कन गर्नु भएको छ आफ्नो कार्यकालमा के कस्ता सहयोग पाउँनु भयो ?

मैले माथि पनि भनिसके मैले धेरै राम्रो साथ सहयोग पाए । मैले सूचना दिन कहिल्यै कन्जुस्याइ गरिन् । जुन समयमा पनि आफ्ने जिम्मेवारी निर्वाह गरिरहे । मेरो पत्रकार मित्रहरुसँग पनि सुमधुर सम्बन्ध कायम रह्यो । सबैले एक दाजु भाइको रुपमा व्यवहार गर्नुभयो र मैले पनि सोही अनुसार व्यवहार गरे ।

१०. सिन्धुपाल्चोकजिल्लामा समग्रमा राम्रा र नराम्रापक्षके ( के देखीएका छन?

राम्रा र  नराम्रा पक्ष बिच भिन्नता छुट्याउन आफैमा कठिन बिषय हो । जहाँ ईच्छा त्याहा उपाय भनेझै समस्या भएता पनि जिम्मेवारी प्रति कति पनि बिचलित नभई दायित्व निर्बाहमा कटिबद्ध रही रहे । यस जिल्लामा भौगोलिक बिकट्ताको कारण आईपर्ने प्राकृतिक बिपतिबाट मानवीय एवं भौतिक क्षती हुदासम्म भौगोलिक बिकटताका कारण त्यस स्थानमा समयमै पुग्न नसक्नु समस्या नै भएता पनि बैकल्पिक उपाय अपनाई त्यस्तो समस्या निराकरणका लागि दृण रुपमा खटि नै रहे । समग्रमा सबै सरोकारवाला निकय एवं नागरीक बिच सौहार्दपुर्ण बाताबरण रहेकोले त्यस्तो नराम्रो पक्ष केही रहेन सबै पक्षहरु राम्रो नै रह्यो ।

११ . सिन्धुपाल्चोकजिल्लाबाट कार्य क्षेत्र छोड्दै गर्दा कस्तो अनुभब भएको छ ?

हामी फौजी जागिरेकालागि यो सामान्य प्रक्रिया हो तर पनि यस जिल्ला छाडेर जाँनै लाग्दामेरो मन बहुत भारी भएको छ  तर यस जिल्लामा मैले पाएको साथ, सहयोग र मायाले मलाई एकदमै मन गहुङ्गो बनाएको छ । सबैलाई छाडेर जानुपर्दा दुःख त अवश्य लाग्छ  तर भनिन्छ नि बिछोड नभइ पुन भेट हुन्न त्यसैले पनि छुट्नैपर्ने बाध्यता छ । म जहाँ रहन्छु यहाँका सबैलाई सकेको सहयोग सदैव गर्नेछु ।

१२ .आगामी दिनमा यँहाले यस जिल्लालाइ कसरी हेर्नु हुन्छ । जाँदा जाँदै जिल्ला बासीलाइ के भन्न चाहानु हुन्छ ?

सिन्धुपाल्चोक सदैव सुरक्षित रहोस् । उन्नति र प्रगति गरोस् । अझै पनि सडक नपुगेका धेरै विकट ठाउँ छन् । त्यस्तो ठाउँहरु छिट्टै विकास हुन् । जिल्लावासी सबैले साथ र सहयोग गर्नुभयो धेरै धेरै धन्यवाद । यहाँहरुको साथ र सहयोग प्रहरीलाई सदैव रहोस् । प्रहरी सबै ठाउँमा पुग्न सक्दैन् । जहाँ प्रहरी पुग्दैन् । त्यहाँको प्रहरी तपाइहरु हो । सुरक्षित समाज निर्माणका लागि अनुशासित र सुसज्जित नागरिक हुनुपर्दछ । प्रहरी एउटा पात्र हो । समाज सुरक्षित बनाउने हात तपाइहरुकै हो । सदैव प्रहरीलाई सहयोग गरिराख्नुहोला ।

१३. अन्तमा तपाइले भन्नु पर्ने थप कुरा हरु केही छन कि?

यहाँ रहुन्जेल बसुन्जेल प्रत्यक्ष अप्रत्यक्ष रुपमा साथ, सहयोग र माया गर्नु हुने अग्रज, समकक्षी, मित्र, भाईबन्धुलगायत सम्पुर्णमा ह्रदय देखि नै हार्दिक नमन गर्दछु रमलाई मेरो केही कुराहरु राख्न दिने तपाई र तपाईको समग्र टिमलाई धन्यबाद एवं शुभकामना दिन चाहन्छु । हाल उग्र महामारीको रुपमा फैलिएको कोरोनाबाट तपाइ, तपाइको परिवार लगायत सम्पुर्ण सिन्धु बासिहरु समेत सुरक्षित रहनुहोला भनि शुभकामना दिन चाहन्छु ।


, , , , ,