मृगौलापीडित पाल्देनलाई ६६ हजार सहयोग

चौतारा, असोज १२ । 

ईन्द्रावती गाउँपालिका वडा नम्बर ४ मा मृगौला पीडित पाल्देन लामाका लागि सहयोग प्रदान गरिएको छ । 

उनको उपचारका लागि हाल कोरियामा रहेका समाजसेबी टीका थिङ तामाङ र विकास लामाले सहयोग प्रदान गर्नुभएको हो  ।

 टीकाले ५६ हजार र नेपाली काङ्रेस जिल्ला सभापतिसमेत रहेका बिकाश लामाले दस हजार रूपैयाँ सहयोग गर्नुभयो । सहयोग प्राप्त रकम ईन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङको रोेहवरमा हस्तान्तरण गरिएको हो । आर्थिक अभावका कारण उपचारमा समस्या झेलिरहेका पाल्देनका लागि उनको परिवारले थप सहयोगको अपिल गरेका छन् ।


, , ,