सवारी साधनमा विद्यार्थीलाई छुट दिन नेविसंघको माग

चौतारा ।

नेपाल बिद्यार्थी संघ सिन्धुपाल्चोक क्षेत्र नम्बर २ ले सवारी साधनमा विद्यार्थीलाई छुट दिनुपर्ने माग राखेको छ । संघका क्षेत्रीय संयोजक दिपेशराज खनालको नेतृत्वमा आमा ह्योल्मो र हेलम्बु यातायात सयूक्त समितिको काउण्टरमा ज्ञापन पत्र बुझाउँदै विद्यार्थीका लागि छुट दिनुपर्ने माग राखेको हो ।


सिन्धुपाल्चोक क्षेत्र न. २ अन्तर्गत भोटेचौर, मेलम्ची, हेलम्बु, पाँचपोखरी, इन्द्रावती, चौतारा मा चल्ने सवारीसाधन ले विद्यार्थी परिचय पत्र छुट नदिएको भन्दै विज्ञप्ति बुझाएको नेविसंघले जनाएको छ । तत्काल विद्यार्थी परिचय पत्र को छुट नदिए आन्दोलन मा जाने विद्यार्थी संघको भनाइ छ ।

केही दिन अगाडि मात्रै संघको तदर्थ समिति समेत गठन गरेको थियो । तदर्थ समिति को सदस्यहरुमा सरोज न्यौपाने, गङ्गा तामाङ, सागर नेपाल, पूर्णबहादुर तामाङ्ग, ग्यान ज्योति, अनिल भट्टराई, सन्जिब खतिवडा, सुजिता तामाङ्ग, मिलन सापकोटा, सबिन खत्री, टासी धोंलुप लामा, सुमन भारती, सुजित नेपाल र मिलन तामाङ्ग मनोनित भएका छन् । खनाल का अनुसार अब केहि दिनमा नै यो समिति ले विद्यार्थी भेला गरि आगामी कार्यक्रम को समेत घोषणा गर्ने छ ।



, , ,