बझाङ घटनाको निष्पक्ष छानबिन होस भन्दै बझाङका साँसद सभामुखको कार्यकक्षमा

चौतारा, असोज १३ ।

बझाङ घटनाको निष्पक्ष छानबिन, पीडकलाई कारबाहि र पीडित परिवारलाई उचित क्षतिपूर्तिकको व्यवस्था होस भन्दै बझाङका साँसद सभामुखको कार्यकक्षमा आइपुगेका छन् ।


मंगलबार सिंहदरबारस्थित कार्यकक्षमा बझाङ बलात्कार घटनाबारे ध्यानाकर्षण गराउन आएका सुदुरपश्चिमका संघीय सांसदहरुसँगको भेटमा सम्माननीय सभामुख अग्निप्रसाद सापकोटाले घटनालाई राज्यले चुनौतीका रुपमा लिनुपर्ने बताउनुभयो । 

सो भेटन सम्माननीय सभामुख अग्निप्रसाद सापकोटाले बझाङमा १२ बर्षिया बालिकाको बलात्कार पछि हत्या भएको घटनालाई आफूले गम्भीर रुपमा लिएको बताउनुभएको छ । 

सभामुख सापकोटाले जनता अन्याय, दमन र समस्यामा परेका बेला उनीहरुलाई साथ दिनु जनप्रतिनिधिको कर्तव्य भएको बताउँदै कानुनको प्रभावकारी कार्यान्वयनका लागि पहल जारी राख्न आग्रह गर्नुभयो । उहाँले आफ्नो तर्फबाट  समेत विशेष पहल गर्ने प्रतिवद्धता व्यक्त  गर्नु भयो  । 

बझाङबाट प्रतिनिधि सभा सदस्य आशा कुमारी वि.क.लगायतका सांसदहरुले सभामुख सापकोटालाई भेटेर बझाङकी १२ बर्षिया बालिका सम्झना कामीको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाहिका लागि पहल गरिदिन ध्यानाकर्षण गराएका हुन् । 


, ,