अबैधरुपको बालुवा बाढीपीडितलाई वितरण गरौँ’ मोहनबहादुर बस्नेत


नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सञ्चारमन्त्री मोहनबहादुर बस्नतेले ‘प्रशासनले कारबाहि नगरे अबैध रुपमा निकालीएको बालुवा बाढीपीडितलाई वितरण गरौँ’ भन्नु भएको छ । उँहाले आफ्नै सामाजीक सञ्जाल मार्फत यस्तो बताउँनु भएको हो । बस्नेतले अवैध रुपमा निकालेको बालुवा जफत गरेर पिडीतलाइ बितरण गर्नेसामाजिक सञ्जाल फेशबुक मार्फत प्रशासनले तस्करीलाई कारवाहि नगरे जफत गर्ने चेतावनी दिनु भएको हो। उँहाले सिन्धुपाल्चोकको इन्द्रावती, बलेफी, भोटेकोसी र सुनकोसी नदि किनारामा अवैध रुपमा बालुवा तस्करहरुले नदि दोहन गरि पहिरोको प्रकोप समेत बढाइरहेका समेत बताउँनु भएको छ ।‘



असार देखि भदौ महिना भर नदिमा गिट्टी, ढुङ्गा बालुवा उत्खनन गर्न नपाउने कानुन हुदाहुदै सिन्धुपाल्चोकमा भने नेकपाका नेता कार्यकर्ताहरुले कानुन बिपरित रातभर हजारौं टिप बालुवा निकालेर काठमाडौं लगिरहेका छन’, भन्नु हँदै बस्नेतले  ‘राज्यले बनाएको नियम कानुन बिपरित यसरी बालुवा निकालिएको विषयमा विभिन्न संचार माध्यबाट समाचार सार्बजनिक हुदाहुदै पनि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले कुनै पहल चलाएको छैन।’ भन्नु भएको छ । उँहाले अवैध रुपमा बालुवा निकाल्न सलग्न हुने नेकपाका नेता कार्यकर्तालाई किन नियन्त्रण नलिएको भन्दै प्रश्न समेत गर्नु भएको छ । उँहाले ‘निकालिएको बालुवा किन जफत गर्न सकेन? यस विषयमा जिल्ला प्रशासन कार्यालय र प्रहरीले ३ दिन भित्र तुरुन्तै आवश्यक कार्बाही सुरु नगरे सिन्धुपाल्चोकका बाढी पहिरो पीडामा परेका र न्यायप्रेमी नागरिकहरुलाइ लिएर तस्करहरुले निकालेका बालुवा जफत गर्न र तस्करहरुलाइ पक्राउ गराउछौँ ‘  बस्नेतले जानकारी दिनु भयो अवैध रुपमा निकालेको बालुवा बाढीपहिरो पीडितहरुको आवास निर्माण गर्न वितरण गर्न लगाउन जनदबाब सिर्जना गरिने समेत बस्नेतले बताउँनु भयो ।यस सम्बन्धमा  बिभिन्न समाचार माध्यमहरुले नक्कली भ्याट बिल प्रयोग गरेको वालुवा तस्करमा नेकपाका केही नेता र जिल्ला सम्मन्वय प्रमुखको समेत सग्लग्नता रहेको भनी समाचारहरु आएका थिए । यस सम्बन्धमा जिल्ला सम्मन्वय समितीले आफ्नो धारणा सार्बजनिक गरेको  देखीएको छैन । 


, , , ,