चोरीको सामान सहित चोरीमा संलग्न एक जना पक्राउ

चौतारा , भदौ २८ । 

इलाका प्रहरी कार्यालय मेलम्चीले चोरीको सामान सहित चोरीमा संलग्न एक जनालाइ पक्राउ गरेको छ । 


मेलम्ची नगरपालिका वडा नम्बर १३ टि आर टि कम्पनीमा चोरी गरि भागेका १ बालकलाइ पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरिक्षक फल बहादुर तामाङले जानकारी दिनुभयो । 

कम्पनीमा सहयोगि (पाले) नभएको मौका छोपि कोठामा राखिएको ५०, हजार रुपिँया नगद चोरी भएको निवेदन आएपछि प्रहरी खटिएको थियो । प्रहरीले १७ बर्षिय बालकलाइ नियन्त्रणमा लिई ३ थान मोबाइल, ३ थान चार्जर,१ थान उफर र नगद ९ हजार ५ सय रुपिँया बरामद गरेको निरिक्षक तामाङले जानकारी दिनुभयो । अहिले थप अनुसन्धान भइरहेको छ ।

,