प्रगतिको जिल्लामै पहिलोपटक अनलाइन परीक्षाको तयारी

चौतारा, भदौ २७ ।

जिल्लाकै प्रतिष्ठित प्रगति अङग्रेजी माध्यामिक बिद्यालय मेलम्चीले कोरोना महामारीको बिचमा पनी बिगत ३ महिनादेखि अनलाइन कक्षा सञ्चालन गर्दै सफलता पुर्वक बिद्यार्थीहरुको सिकाई सहजिकरण गरिरहेको छ ।


 विगत देखिनै जिल्लामा उत्कृष्ट नतिजा ल्याउदै आएको यस विद्यालयले बिश्वब्यापी रुपमा फैलिएको कोरोना संक्रमणको कारण निजी तथा सामुदायिक बिद्यालयहरु बन्द रहेको अबस्थामा पनि गत अषाढ बाट नै नियमित अनलाईन कक्षा सञ्चालन गर्दै आईरहेको विद्यालयका प्रधानाध्यापक ऋषिराम नेपालले जानकारी दिनुभयो । 

कक्षा ६ देखि १० सम्मका बिद्यार्थीहरुको नियमित अनलाइन कक्षा सञ्चालन गर्दै आएको बिद्यालयले यहि भाद्र ३० गते देखी सञ्चालन गर्ने गरी जिल्लामै पहिलोपटक बिद्यालय तहको अनलाइन परीक्षाको तयारी समेत गरेको प्रअ नेपालले बताउनुभयो ।

जेठ १ महिना आधुनिक प्रविधि र अनलाइन कक्षा सम्बन्धि शिक्षक तालिम संचालन गर्यौँ, अषाढ पहिलो हप्ता अभिभावक भेला गरी भेलाकै निर्णय अनुसार कक्षा सुरु गर्यौँ तर केही समय अघि सम्म अनलाईन कक्षा लाई सरकारले आधिकारीक मान्यता नदिदां के गर्ने भन्ने अन्यौलता रहेपनी अब त्यो समस्या नभएकोले अनलाइनबाटै परीक्षाको तयारी गरीएको उहाँको भनाई छ । 

, , ,