जनताको जीउधनको सुरक्षामा तिनै सरकारको ध्यान जान जरुरीः बोहोरा

अर्जुन शर्मा, चौतारा, भदौ १६ । 

जनताको जीउधनको सुरक्षामा तिनै सरकारको ध्यान जान जरुरी रहेको नेकपा स्थाई समितिका सदस्य, केन्द्रीय अनुशासन आयोगका अध्यक्ष तथा पुर्व मन्त्री क. अमृत बोहोराले बताउनुभएको छ । 


सोमबार बलेफी गाउँपालिका १ र जुगल गाउँपालिका ५ स्थित खमारेका झण्डै ५० घर परिवारलाई भेटन अस्थायी सेल्टरमा पुगेर उहाँले यस्तो बताउनुभएको हो ।

“तिनै तहका सरकारहरुलाई प्राकृतिक बिपत्तिबाट जनता निरन्तर प्रताडित भैरहनु पर्ने परिस्थितिको दिगो रुपमा अन्त्य गर्न आव्हान गर्नुपर्छ” उहाँले भन्नुभयो । पछिल्लो समयमा सिन्धुपाल्चोक विभिन्न प्रकोपको पीडा भोगिरहेकोमा दुःख व्यक्त गर्दै उहाँले यस्ता प्रकोपकोे दीगो समाधानमा सबैले ध्यान पुर्याउनुपर्ने उहाँले बताउनुभयो । 

यस्तै विस्थापितलाई राहत वितरण गर्दै बागमती प्रदेशका सांसद सरेश नेपालले भुगर्भविदले तयार गरेको प्रतिवेदनको वेवास्था गर्दा सिन्धुबासिले पछिल्लो समयमा यत्रो दुर्घटना निम्त्याएको बताउनुभयो । ‘भुगर्भविदले भुकम्पको बेलमा नै सुरक्षात्मक उपाय अपनाएर मात्र बस्न भनेका थिए, सो कुराको बेवास्ता गरि सुरक्षात्मक उपाय नअपनाउँदा यति भयावह मानविय क्षति व्यहोर्नुप¥यो’, सांसद नेपालले भन्नुभयो ।

सांसद नेपालले बाढी पहिरो जस्ता प्रकोपबाट सिन्धुपाल्चोकले बर्षेनी ठूलो मानविय क्षती व्यहोर्नुपरेको स्मरण गर्दै असुरक्षित स्थानका बसाइँ परिवर्तन र जनचेतना उठाउनुपर्नेमा जोड दिनुभयो ।

स्थानीय जनप्रतिनीधि सहित पुगेको उक्त टोलिले विस्थापित परिवारलाई अत्यावस्यक राहत सामाग्री प्रदान गरिएको छ । बलेफी गाउँपालिका १ र जुगल गाउँपालिका ५ स्थित खमारेका झण्डै ५० घर परिवारलाई उनीहरुको अस्थायी सेल्टरमै पुगेर खाद्यान्न लगायतका राहत सामाग्री प्रदान गरिएको हो ।

पहिरोबाट बस्ती जोखिममा परेपछि बलेफी गाउँपालिकाले जग्गा भाडामै लिएर ३७ घर परिवारलाई अस्थायी टहरा सारिएको छ । यस्तै जुगल गाउँपालिकाका १७ घर परिवारलाई खमारेमा नै गाउँपालिकाले अस्थायी वासस्थान व्यवस्था गरेको छ । 


, , ,