बाल दिवस

ठाकुर राम चौलागाई,    

कुनै नयाँ कुरा देख्यो भने त्यसको बारेमा दोहोरिका प्रश्नहरु, बदमाश बानि, देख्यो कि माया पलायर आउने तिम्रा व्यवहारहरु अनि अवोध तिम्रा गतिविधले कसको दुख नबिर्साउला र ? 


भाद्र २९ नेपालले बाल अधिकार महासन्धी १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेर बाल विकास, बाल संरक्षण, बाल सहभागीताजस्ता विषयमा आफ्नो अन्तराष्टिय प्रतिबद्दता प्रकट गरेको दिनको अवसरमा नेपालले हरेक वर्ष भदौ २९ लाई बाल दिवस मनाउदै आइरहको छ ।

बालबालिका यस जगतका लागी परिवर्तनका संवाहक हुन, बालबालिकाले उचित माया र हेरचाह पाउनु उनिहरुको अधिकार हो । आजको दिनले विद्यालय उमेर पुगेर विद्यालय जान नपाएका बालबालिकाले विद्यालय जान पाउने, उपचार नपाएका बालबालिकाले उपचारको व्यवस्था पाउने, विभिन्न स्थानमा भएका दुरव्वहार र अपहेलनाबाट मुक्त पाउने जो बालबालिका विभिन्न किसिमबाट दुखि भइरहेका छन् तिनिहरु खुसि हुन पाउने कुराको सुनिश्चितता होस् ।

 भोलि राज्य हाँक्ने नागरिक बनाउन आज बालबालिकालाई दिइने पोषण, शिक्षा, सामाजिक क्रियाकलाप बालमैत्रि हुन जरुरी छ । यसो भएमा मात्र बालबालिकालाई समुदाय र राष्टको योगदान दिन सक्ने सक्षम पुस्ताको रुपमा तयार गर्न सकिन्छ । बालबालिका निश्चित उमेर सम्म शारिरिक र मानसिक रुपमा परिपक्व भइसकेका हुदैनन । उनिहरु एक निशचित उमेर सम्म वयस्क माथि निर्भर हुनुपर्ने  परिस्थितिको नकारात्मक फाइदा उठाउने गलत मनसाय भएका वयस्कहबाट जोखिममा पर्न सक्ने सम्भावना हुन्छ । हाम्रो वरपर घटेका अमानविय घटनाहरुले पनि यसलाई पुष्टि गरेको छ । विभिन्न प्रकारका हिंसा, दुर्वव्यवहार, भेदभावबाट बालबालिका जोखिम अवस्थामा रहेका छन् । यस्ता सबै प्रकारका हानीबाट संरक्षण पाउनु बालबालिकाको अधिकार हो र बालबालिकाको रक्षा गर्नु वयस्कहरुको दायित्व हो ।

यस वर्षको बाल दिवस विश्वभर करोना भाइरसको त्रासमा र बालबालिकाहरु घरका भिक्ताहरु भित्र र माक्सको सहारामा बाँचिरहेका छन् । कतिपय बालबालिकाहरु भर्चुवल माध्ययमबाट आफ्नो सिकाई क्रियाकलापलाई जारी राखेका छन् त कति बालबालिका कार्टुनमा रमाएका होलान त कति बालबालिकाले गास , बास कपासमा नै सामना गर्नु परेको छ । यस समग्र परिस्थितिमा बाल अधिकारको संरक्षण र भावि  जिवन सुखमय बनाउन झन चुनौति देखिएको छ । 

बालबालिकाको अधिकारको सम्मान, संरक्षण, प्रर्वधन र परिपूर्ति गरी बालबालिकाको सर्वोतम हित कायम गर्न नेपाल सरकारले प्रधान न्यायधिसको अध्यक्षतामा राष्टिय बालअधिकार समिति, प्रदेशमा प्रदेशको बालबालिका सम्बन्धि विषय हेर्ने मन्त्रिको अध्यक्षतामा प्रदेश बाल अधिकार समिति र स्थानिय तहमा गाउँ कार्यपालिका वा नगर कार्यपालिकाको उपाध्यक्ष वा उप प्रमुखले तोकेको त्यस्तो गाउँ कार्यपालिका वा नगर कार्यपालिकाको सदस्यको अध्यक्षतामा स्थानिय बाल अधिकार समिति गठन गर्न सक्ने व्यवस्था गरिएको पाइन्छ । 

दिवस आँउदा भेला हुने अधिकारका कुरा गर्ने र दिवसको भोलिपल्ट देखि फेरी बिर्सने प्रवृति नौलो भइरहेको छैन दिवसमा नारा लगाउने भन्दा बालबालिका माथि उनिहरुको शारिरिक र मानसिक वा बौद्दिक अपरिपक्वता र समाजमा विद्यमान विभेदकारी गलत अभ्यासका कारणबाट विभिन्न खालका जोखिम, अप्ठ्याराहरु तथा हानि हुन सक्ने सम्भावना रहन्छ । त्यसबाट उनिहरुलाई जोगाउनु पर्दछ । 

यसर्थ बालबालकिाको विकासका लागी ठोस योजना निर्माण गरी बालबालिकाको नजिकमा रहने बयस्कहरु, परिवार, समुदाय, सामाजिक संघ संस्था, स्थानिय तह, सञ्चार क्षेत्र, सरकारी निकाय लगायत बाल अधिकारका लागि कार्य गर्ने समिति बाल संवेदनशिलतालाई सर्वोपरी ठानि  सधै सचेत , जागरुक र क्रियाशिल हुन सबैलाई २०७७ को बाल दिवसको शुभकामना । लेखक सिन्धुपाल्चोक जिल्ला अदालत बाल समाजसेवि हुनुहुन्छ । 


, , , ,