भदौ ९ ।
कार्यक्रममा कार्यपत्र प्रस्तोताको रुपमा पनि गोविन्द सापकोटा ज्यूले सिन्धुपाल्चोक जिल्लाको १२ वटा नै पालिकामा आ.व. २०७५÷०७६ मा देखिएका बेरुजूको बारेमा तथ्यांक प्रस्तुत गर्नुभएको थियो साथै आगाम िदिनमा स्थानीय जनप्रतिनिधी, नागरिक समाजले बेरुजू न्यूनीकरण गर्ने उपायहरुबारे पनि छलफल चलाउनुभएको थियो ।
कार्यक्रममा गाउँपालिका महासंघ महासचिव तथा इन्द्रावती गाउँपालिका अध्यक्ष श्री वंशलाल तामाङले अहिले देखिएको बेरुजू जनप्रतिनिधीहरु आउनुभन्दा अगाडि देखिको रहेको, बेरुजू हुनुमा संरचनागत कमजोरी भएको, दक्ष जनशक्तिको अभाव रहेको र स्थानीय तहमा कर्मचारीहरु अदलबदल भइरहने भएकोले पनि बेरुजू रहन गएको कुरा राख्नुभएको थियो । कार्यक्रममा लिसंखुपाखर गाउँपालिका अध्यक्ष कमल नेपाल, उपाध्यक्ष हेमगंगा मोक्तान लगायत अन्य स्थानीय जनप्रतिनिधीहरुकाके पनि सहभागीता रहेको थियो ।