बस्नेत एकता समाजको साधरण सभा सम्पन्न

चौतारा असोज ५ ।

बस्नेत एकता समाज सिन्धुपाल्चोकको दोश्रो साधरणा सभा सोमबार सम्पन्न भएको छ । 

सस्थाका अध्यक्ष बाबुराम बस्नेतको सभापतित्वमा सम्पन्न भएको सभाबाट  नँया कार्यसमिती समेत गठन गरिएको छ । नँया कार्यसमितीमा बाबुराम बस्नेत अध्यक्ष ओम बहादुर बस्नेत बरिष्ठ उपाध्यक्ष बलराम बस्नेत उपाध्यक्ष रहनु भएको छ । त्यसै गरि सचिबमा महोन बस्नेत, सहसचिबमा डोक बहादुर बोहोरा, कोषध्यक्षमा लक्ष्मी भण्डारी, सहकोषध्यक्षमा राजेन्द्र बस्नेत रहनु भएको छ । 

यसै गरि पुनर्गठीत सदस्य हरुमा  ठुलो चोक बहादुर बस्नेत, नगेन्द्र बस्नेत,लक्ष्मी बस्नेत गिता बस्नेत, नम्रता बस्नेत दिलबहादुर  श्रेष्ठ रहनु भएको छ । २०६९सालमा स्थापित उक्त समाजले बिभिन्न कार्यक्रम हरु गर्दै आएको र हाल  उक्त सस्थाले बस्नेतहरुको मात्र नभइ सो सँग समन्वय, र सहयोग गर्ने हरुलाइ समेत समेटेर कार्यक्रम गर्ने योजना रहेको बरिष्ठ उपाध्यक्ष ओम बहादुर बस्नेतले जानकारी दिनु भयो ।

सस्थाको सल्लाहकारहरुमा नेत्रबहादुर बस्नेत भरत बस्नेत र सिताराम बस्नेत रहनु भएको छ । समाजले हरेक सदस्यहरुलाइ सहयाोग र सहजताका लागी कोष स्थपना गर्ने र सो कोष मार्फत  आबश्यक सहयोग गर्ने समेत अध्यक्ष बाबुरामा बस्नेतले जानकारी दिनु भयो ।

सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालीका वडा न१४को भुमिस्थान मन्दीरको प्राङ्गणमा सभा सम्पन्न भएको थियो ।


,