लीदि पहिरो बिस्थापितलाई राहत वितरण

अर्जुन शर्मा, चौतारा, भदौ २० । 

गत साउन ३० गते गएको पहिरोमा परि बिस्थापित भएर जुगल गाँउपालिकाको वडा नं. १ सेलाङ बासखर्कमा आएर बसेका परिवारहरुलाई  बागमती प्रदेशका समाजिक बिकास मन्त्री दुलालले राहत बितरण गर्नुभएको छ ।

होप एयरलाइन्स, होपमिन फ्यामेली तथा बिभिन्न ब्यतिहरुको सहयोग संकलन गरिएको राहत मन्त्री दुलालले बितरण गनुभएको हो । 

राहत बितरण गर्दै मन्त्री दुलालले क्षणिक रुपमा राहत बितरणको लागि मात्रै नभएर आफु दिर्घकालिन बस्ति बसाउनको लागि सो स्थान उपयुक्त छ या छैन भनि स्थानको अवस्था अवलोकन गरि वास्तविकता बुझ्न आएको बताउनुभएको छ ।

पीडितहरुलाई  रोजगारी, स्वास्थ्य,  शिक्षा लगायतको  बिषयमा समेत प्रदेश सरकारले छलफल चलाइरहेको मन्त्री दुलाले बताउनुभयो ।  सरकारको तर्फबाट तपाईहरुको रोजगारी र रोजिरोटिको व्यवस्था समेत मिल्ने छ उहँले भन्नुभयो ।  

उहाँँले पीडित परिवारको साथ र सहयोगमा प्रदेश सरकार सधै रहिरहेको समेत बताउनुभयो । 

वाङचुक राप्तेन लामा स्वास्थ्य कर्मी, समाजसेवीको संयोजनमा संकलन राहत राहत सामाग्री लिदी पहिरो पीडित १७२ घर दुरीलाई प्रति घर चामल २५केजी, दाल ५केजी, नुन २ प्याकेट, तेल ४लिटर, चिनी २ केजी र चिया पत्ती १ प्याकेट बितरण गरिएको हो । 

, , ,