पहिरो पीडितलाई युवा संघको सहयोग

चौतारा, असोज ३ । 

सिन्धुपाल्चोक जिल्लाको बाह्रर्बिसे नगरपालिका ७ नागपुजेका पहिरो पिडितलाई राष्टिय युवा संघले सहयोग गरेको छ । राष्टिय युवा संघको संयोजक रामप्रसाद सापकोटा दिपशिखाको टोली घटनास्थलमा पुगेर पीडितलाई सहयोग गरेको हो ।


युवा संघले पहिरो पीडितलाई जनप्रतिनिधिको रोहबरमा १ सय ८१ बोरा चामल, १ सय ९० लिटर तेल, २ सय केजी दाल र ८० केजी नुन विरणर गरेका राष्टिय युवा संघको संयोजक रामप्रसाद सापकोटा दिपशिखाले बताउनुभयो । राहात सामाग्री हस्तान्तरण गर्दै उहाँले घर पूर्णरुपमा क्षति पर्याएको १६ घर पुनर्निर्माणमा लाग्ने जस्तापाता उपलब्ध गराउने प्रतिवद्धता समेत गर्नुभयो । भदौ २८ गते राति गएको पहिरोमा परेर १६ जनाको मृत्यु भएको छ भने १५ जना अझै बेपत्ता भएका छन् ।

यस्तै सिन्धु वेलफेयर सोसाइट अमेरिकाको तर्फबाट बाह्रविसे नगरपालिका–७ घुम्थाङको भिरखर्क पहिरो पीडितहरुलाई आर्थिक सहयोग गरेका छन् । तत्कालको लागि रु २ लाख ५० हजार सहयोग गरिएको हो ।

अमेरिकमा बसोबास गर्दे आएका सिन्धुबासीहरुले पहिरो पीडितहरुलाई पठाइएको सहयोग रकम बाह्रविसे नगरपालिकाकी उपप्रमुख सुशीला पाख्रीनले पहिरो पीडितहरुलाई वितरण गर्नुभयो । सहयोग रकम पहिरामा आफन्त गुमाएकाहरुलाई ७ हजार ५ सय र विस्थापित ७० परिवार लाई २ हजार ५ सयका दरले हस्तान्तरण गरिएको उपमेयर पाख्रीनले जानकारी दिनुभयो ।


, ,