नागपुजे पहिरो पीडितलाई ग्याँस र चुल्हो सहयोग

चौतारा, असोज २ । 

सिन्धुपाल्चोक जिल्ला बाह्रबिसे नगरपालिका वडा नं. ७ को नागपुजेमा गएको पहिरोमा परि घरबार बिहिन भएका पीडित परिवारलाई  टाइम्स ग्रुप र सिन्धु समाज दक्षिण कोरियाले ग्याँस र चुल्हो सहयोग गरेको छ । 


बिहिबार पहिरो पीडितको आँगनमा नै पुगेर  टाइम्स ग्रुप र सिन्धु समाज दक्षिण कोरियाले संयुक्त रुपमा ८४ परिवारलाई ८४ वटा ग्याँस र चुल्हो चुल्हो सहित विभिन्न आवशक सामग्री वितरण गरेको हो ।

साथै संस्थाले हरुले महिलालाई आवश्यक पर्ने स्यानीटरी प्याड, ३० थान पोलार ब्ल्याङकेट, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका लागि २ सय थान मास्क वितरण गरेका गरेको छ । संस्थाले पहिरोमा परी घाइते भएका सुर्य खड्कालाई ६० हजार र अनुष्का प्रधानलाई २५ हजार स्वास्थ्य उपचार खर्च पनि सहयोग गरेको छ । 

, ,