एसिड प्रहार विरुद्ध सम्माननीय प्रधानमन्त्रीज्यूबाट भएको निर्देशन स्वागतयोग्यः ओरेक

चौतारा, भदौ २६ । 

महिला पुनस्र्थापना केन्द्र (ओरेक)ले एसिड प्रहार जस्तो अमानवीय र जघन्य अपराध विरुद्ध सम्माननीय प्रधानमन्त्री श्री के.पी शर्मा ओलिज्यू बाट अध्यादेश मार्फत तत्काल नयाँ कानून बनाउन दिनुभएको निर्देशन स्वागतयोग्य र प्रंशसनीय रहेको बताएको छ ।

समुदाय तहबाट यस्तो क्रुरतापुर्ण अपराध विरुद्ध लामो समयदेखि आवाज उठाउँदै आएको संस्था तथा प्रभावितको मानव अधिकारको हक र अधिकारको संरक्षण, सम्बद्र्धन र  सुनिश्चितताको लागिकरिब ३ दशकलामो समय देखि कार्य गर्दै आएको प्रधनमन्त्रीको सो निर्णयको स्वागत गरेको छ । 

संस्थाले शुक्रकार एक प्रस बिज्ञप्ति जारी गर्दै सो कुरा बताएको हो । उक्त बिज्ञप्ति पत्रमा यसो भनिएको छ । एसिड खन्याउने कार्य अपराधको परिभाषाभित्र समेट्न, दोषि उपर कडा कार्वाहीतथायस प्रकारका संवेदनशील मुद्दामा छिटो न्यायप्रदान गर्न छुट्टै अदालतको व्यवस्था, पीडितलाई पुनस्र्थापना गर्ने र राहतको लागिव्यवस्था सहितको माग राखि यस संस्थाले, संस्थाका तत्कालिन महासचिव अधिवक्ता ज्योति पौडेलको नेतृत्वमा नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, सिंहदरबार काठमाडौं समेत लाई विपक्षी बनाई बि. सं. २०६४ भदौ २६ गते सर्वोच्च अदालतमारिट दर्ता गरेको थियो । रिटको फैसलामाअदालतले सरकारका नाममामिति २०६६ साउन २८ गते जारी गरेको परमादेशमा नेपालमा एसिड प्रहार विरुद्ध कानुन बनाउन परामादेश जारी गरेको थियो ।

१२ वर्ष पछि भएपनि अध्यादेश मार्फत कानुनल्याएर एसिड प्रहारबाट पीडितले न्यायपाउने वातावरण तया रहुनका लागि यो निर्देशननिकै महत्वपुर्ण कदम हो । 

यसर्थ,सम्माननीय प्रधानमन्त्रिज्यूबाट भएको यो सकारात्मक निर्णयको कदर गर्दै, प्रधानमन्त्रीको नेतृत्वमाभएको यस निर्देशनले समयमा  नै कानूननिर्माण हुने, कानूनको पूर्ण कार्यान्वयन र पीडितले साच्चिनै न्यायको अनुभुति गर्ने वातावरण बन्नेछ  भन्नेमा हामीविश्वस्त छौं । यसमाथप सहयोगकानिम्तीहामीतत्पर छौं । 

एसिड आक्रमण जस्तो जघन्य र गम्भिर अपराध र महिलामाथिहुने सबै प्रकारका हिंसा र भेदभाव विरुद्धको यस अभियानमा संस्था सधैं प्रतिबद्ध छ । ओरेकका अध्यक्ष रामवती चौधरीले हस्ताक्षर गरिएको बिज्ञप्ति पत्रमा भनिएको छ । 


, , ,