कृषिमा अग्रसर बन्दै कुविण्डेका युवाहरु

 अर्जुन शर्मा,चौतारा, भदौ २९ । 

चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ४ कुबिण्डेका युवाहरु पछिल्लो समयमा कृषिमा अग्रसर भएर लागेका छन् ।

नयाँ पुस्ताका युवाहरुले कृषी कार्यलाई बेवास्ता गरिरहेको समयमा कुविण्डेका युवाहरु सामुहिक रुपमा नै कृषि पेशा तर्फ आकर्षित भएका हुन । 

कुबिण्डेका ३ जना युवाहरु मिलेर करिब ६० लाख भन्दा वढी रकम लगानीमा सामुहिक रुपमा भैंसीपालन सँगै तरकारी र अन्नबाली समेतको लगाएका छन् । 

बैदेशिक रोजगारीबाट फर्किएका २ युवाहरु कुमार सापकोटा र माधबराज गिरीले स्वदेश फर्किए पश्चात आफ्नै ठाउँमा कृषि पेशा गर्ने पशुपालन सोच बनाउनुभयो । रोजगारीको सिलसिलामा गरेको दुःख आफ्नै ठाउँमा गर्ने हो भने विदेशमा जतिको कमाई हुने सोच बनाएर स्वदेश फर्किएका उहाँँहरु गाउँमै कुखुरा पालन व्यवसाय गरिरहेका टोपनाथ सापकोटालाई समेत सामेल गाराई कृषि पेशामा लाग्नुभएको हो ।  यो वर्ष भित्र ४० वटा भैंसी पु¥याउने र  फर्मलाई रिसर्च सेन्टर बनाउने योजनामा उहाँहरुमा रहेको छ ।

गत बर्षको पुष महिनाबाट सिन्धु–कुविण्डे कृषी फर्म दर्ता गरि ११ वटा भैंसी पाल्न थालेका उहाँहरुले हाल सम्म आइपुग्दा १८ वटा दुहुना भैसि रहेका छन् । तीन जना युवाले सञ्चालन गरेको फर्म अहिले नगरपालिकाकैै उदाहरणीय बनेको छ ।

आफ्नै जग्गा सहति भाडामा लिएको करिब १०० रोपनि जग्गामा युवाहरुले तरकारी खेतीसँगै बिकासे घाँस समेत लगाएका छन् । 

परम्परागत खेती प्रणालीबाट अगाडी माथी उठ्दै व्यवसायीक रुपमै कृषी पेशामा लागेको सञ्चालक टोपनाथ सापकोटाले बताउनुभयो । 

हाल उहाँहरु फर्ममा उत्पादन भएको करिब १ सय ३० लिटर दुध जिल्ला सदरमुकाम चौतारामा बिक्रि गर्ने गरेको एक संचालक माधवराज गिरीले जानकारी दिनुभयो । 

‘सुरुमा हामीले गाँउकै सहकारीमा दुध बेच्ने गथ्र्यौ संचालक गिरीले भन्नुभयो, यहिको सहकारीमा दुध बेच्दा ६५ रुपैया प्रतिलिटरमा बेच्ने गथ्र्यौ तर अहिले सदरमुकाम चौतारमा ल्याएर प्रतिलिटर १ सय रुपैयामा बेच्ने गरेको उहाँले बताउनुभयो । ‘पछिल्लो समयमा हामीले आफ्नो फर्ममा उत्पादित दुधको  बजारमा माग बढीरहेको उनको बताउनुभयो ।

आफैले बजारमा लान थालेपछि भने राम्रो कमाई हुन थालेको अर्का सञ्चालक कुमार सापकोटाले बताउनुभयो यहाँको सहकारीले भन्दा ३५ रुपैया प्रतिलिटर बढीले दुध बेच्न पाँउदा हाल मासिक २ लाख रकम कमाइ हुने गरेको उहाँ बताउनुहुन्छ ।

फर्ममा चार जनाले पुर्णकालीन रोजगारी पाएका छन् । हामिले फर्म संचालन गरेर अन्य बेरोजगर लाई समेत रोजगार दिएको सापकोटा बताउनुहुन्छ । 

भैसीलाई आवश्यक हेरचाह गर्नु साथै दुध दुहुने कार्य हामिहरुले नै गर्ने गरेका छौँ । अन्य कार्यको लागि उनिहरुलाई रोजगारी प्रदान गरिएको सापकोटाले बताउनुभयो ।

फर्ममा भैसि पालन मात्रै नभएर तरकारी खेती  समेत गरिएको अर्का संचालक टोपनाथ सापकोटाले बताउनुभएको छ । ‘मल पनि किन्न नपर्ने र जग्गा पनि प्रसस्त भएकाले भैंसी पालनसँगै तरकारी खेती पनि गरेका छौं’, सापकोटाले भन्नुभयो । काउली, साग, धनिया लगायतको तरकारी फर्ममा उत्पादन भईरहेको उहाँले बताउनुभयो । 

आफुहरुले आफ्नै लगानीमा व्यावसाय सुरु गर्दा सरकारी तहबाट भने पर्याप्त सहयोग नभएको संचालकरुको गुनासो रहेको छ । 


, , , , ,