राप्रपा नेतृ कुमारीको पहलमा खाद्यन्न सहयोग

अर्जुन शर्मा, भदौ २५ । 

बिहिबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट महिला संगठनका केन्द्रीय माहासचिव कुमारी तामाङको पहलमा पुनः बिपन्न परिवारको कोठामा नै पुगेर खाद्यन्न सहयो गरिएको छ ।

सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका र हेलम्बु गाँउपालिका  स्थाइ ठेगाना भइ हाल जोरपाटी र माकलबारीकामा कोठा भाडामा लिएर बस्ने ३५ परिवारहरुलाई  नेतृ तामाङको पहल र बिबिटिएम फाउण्डेसनको सहयोगमा खाद्यन्न सहयोग गरिएको हो । 

उहाँकै पहलमा यस अघि पनि उक्त स्थानमा बसोबास गर्ने परिवारलाई पटकपटक खाद्यन्न लगायत बिभिन्न राहत सामाग्री सहयोग गरिएको थियो । 

सरकारले लागु गरेको बन्दाबन्दीको समयमा बिहान बेलुकाको जोहो गर्न नै मुस्किल परिरहेको परिवारलाई सहयोग गरिएको माहासचिव तामाङले बताउनुभयो ।

सरकारले लागु गरेको लकडाउनले सामान्य जिवा यापन गर्न समेत समस्या भइरहेको परिवारलाई प्रति परिवार १५ केजि चामल १ केजि नुन, १ लिटर तेल र २ केजि दाल सहयोग गरिएको बिबिटिएम फाउण्डेसनका अध्यक्ष नवराज तामाङले जानकारी दिनुभयो ।

, , , , ,