१ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न

चौतारा, असोज ३ ।  

शनिवार चौतारा साँगाचोकगढी नगरपालिका वडा नं.५ को कार्यालयमा नेवाःदेय् दवु र नेवाः मिसादवुको संयुक्त आयोजनामा १ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।


कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिका वडा नं.१ अध्यक्ष श्री सानुकान्छा श्रेष्ठ, वडा नं.५ का नरमान श्रेष्ठ , वडा नं.८ का अध्यक्ष तिर्थ बहादुर श्रेष्ठ, वडा नं.१४ का अध्यक्ष श्री शेरबहादुर श्रेष्ठ, नेवाः देय् दवुका केन्द्रिय सदस्य श्री हरिकुमार श्रेष्ठ, सिन्धु नेवाः खलका जिल्ला पदाधिकारीहरु, श्री कृष्ण रत्न गंगा उमाविका प्राध्यापक श्री धुव्रलाल श्रेष्ठ, कानुन व्यवसायी श्री रोहिणी राज जोशी, संचारकर्मी सुरेश कसजु, नेपाल स्काउटका जिल्ला समन्वय आयुक्त श्री मिना देवी श्रेष्ठ, नेवाः देय् दवुका जिल्ला सदस्य र नेवाःमिसादवुका सदस्यहरु समेत को उपस्थीती रहेको थियो ।

कार्यक्रममा वक्ताहरुले आफ्नो भाषा कला संस्कृतीको संरक्षणका साथै आदिवासी जनजाति अधिकारका लागि नेवार समुदायहरु लाग्नु पर्ने बताउनु भएको थियो । सिन्धु नेवाःखलका अध्यक्ष श्री माधव लाल कर्माचार्य ज्यूको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको संचालन नेवाःदवुका केन्द्रिय सदस्य श्री रीना श्रेष्ठले सन्चालन गरेको थियो भने कार्यक्रममा नेवाःमिसादवुका प्रदेश सदस्य श्री शोभा उलक ज्यूले अतिथीज्यूहरुलाई स्वागत मनतव्य व्यक्त गर्नुभएको थियो । सिन्धुपाल्चोक जिल्लाका त्रिपुरासुन्दरी गाउँपालिका, भोटेकोशी गाउँपालिका, सुनकोशी गाउँपालिका, बाह्रविसेमा नेवाः देय् दवुको नगर स्तरीय कमिटि गठन गरिसकेको र बाँकी पालिकाहरुमा समेत गठन गरिने जानकारी गराएको थियो । कार्यक्रम नेवाःमिसादवु सिन्धुपाल्चोकका अध्यक्ष श्री सिता कसजुको अध्यक्षतामा सम्पन्न भएको थियो ।

जहाँ नेवारहरु रहेकाछन् त्यहाँत्यहाँ नेवार समुदायहरुको तथ्यांक संकलन गरीे संगठनहरु वस्तीस्तरमा समेत विस्तार गरी सिन्धुपाल्चोक जिललामा रहेकाखलः पुचःगुठी, समाजहरुलाई नेवाःदेय् दवुमा आवद्ध गरी भाषा, कला, संस्कृतीको संरक्षण सम्वर्धन र राजनीतिक आधिकारका साथै आदिवासी जनजाति अधिकार,आ.एलओ.१६९, युएनड्रिप, एफपिकको सिद्धान्त परिपालनका लागि अभियानकै रुपमा कार्यहरु संचालन गरीने नेवाः देय् दवु,केन्द्रिय सदस्य श्री हरिकुमार श्रेष्ठज्यूले बताउनु भयो । 

नेवार समुदायहरु एक भई आफ्नो भाषाकला संस्कृतीको संरक्षणगर्नु पर्ने कुरा प्रमुखअतिथीज्यूले बताउनु भएको थियो ।

, ,