त्रिपुरासुन्दरीका १० बिद्यालयलाई सरसफाई तथा शैक्षिक सामाग्री बितरण

चौतारा, असोज १४ । 

ग्रामीण महिला सिर्जनशील परिवार सिन्धुपाल्चोकले र चाईल्ड फण्ड जापानको आर्थिक सहयोगमा त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ३ र ४ मा अवस्थित १० वटा सामुदायिक बिद्यालयहरुको लागि कोभिड – १९ कोरोना भाइरसको महामारीबाट बच्नको निमित्त तथा पुर्व तयारीमा ध्यान दिन स्वास्थ सुरक्षातथा सरसफाइएंव स्वच्छता प्रवर्धनको निमित्त सुरक्षित स्वास्थ तथा शैक्षिक सामाग्रीहरु वितरण गरिएको छ ।

संस्थाद्धारा सुनौलो भविष्यको लागिशिक्षा परियोजनालागु भएको वडा नं. ३ धुस्कुनमा अवस्थित बुद्ध आधारभुत विधालय, धुस्कुन आधारभुत विधालय, हरिसिद्धि आधारभुत विधालय, सेतीदेवी आधारभुत विधालय र महेन्द्र प्रताप माध्यामिक विधालय वडा नं. – ४ पिस्कर अवस्थित जनसहयोग आधारभुत विधालय, जनशिक्षा आधारभुरत विधालय,जनता आधारभुत विधालय, मङलामाई माध्यामिक विधालय र सेतीदेवी आधारभुत विधालयको बाल कक्षा देखी कक्षा १० सम्म अध्ययनरत ९३३ जना विधार्थी र ७७ जना शिक्षक(शिक्षिकालाई स्वास्थ सुरक्षातथा सरसफाइएंव स्वच्छता प्रवर्द्दन  सामग्रीहरु वितरण गरिएको हो ।

बिद्यार्थीहरुको स्वास्थ्य सुरक्षाको लागि प्रति बिद्यार्थी २ बट्टा सेनीटाइजर, २ बट्टा डिटोल साबुन, १ वटा टुथ ब्रस, १ वट्टा टुथ पेष्ट, २ वटा तिनपत्रे कटन माक्स र कोभिड तथा सरसरसफाई सम्बन्धी जानकारी पुस्तिका भएका एक एक वटा हाते झोला सहितको प्याकेज उपलब्ध गराइएको हो । धेरै कक्षा तथा बिद्यार्थीसंग सम्पर्क कायम गर्नुपर्ने भएकोले शिक्षकहरुका लागि बिद्यार्थी प्योकेज भन्दा ३ वटा मास्क, १ टुथ पोष्ट र १ टुथ ब्रस समेत थप गरि वितरण गरिएको छ । 

शिक्षक बिद्यार्थी स्वास्थ्य र सरसफाई प्याकेज अन्तर्गत कुल कटन माक्स २२५१ थान, सेनिटाइजर २२५१ थान, डिटोल साबुन ३२७० थान, टुथ ब्रस १०८६ थान, टुथ पेस्ट १५० ग्रामको १०८६ थान कोभिड( १९कोरोना भाईरस सम्बन्धि शिक्षा तथा जनचेतनामुलुक संदेश दिने अध्ययन पर्चा वितरण गरीएको छ । त्यसै गरी विधार्थीहरुले प्रयोग गर्ने शैक्षिक सामग्रीहरु तर्फ बालकक्षा देखी कक्षा ५ सम्म अध्ययनरत ५२२ जना बिद्यार्थीहरुको लागि कुल कपी ५३१६ थान, सिसाकलम ४४१६, डटपेन १५४० वटा उपलब्ध गराइएको छ । 

यसको साथै १० विधालयहरुको लागि निर्मलीकरण तथा निसंक्रमणीकरण कार्यका लागि स्प्रेयर पम्प १० थान, निसंक्रमणीकरण गर्दा लगाउने बुट जुत्ता १० थान, हाते पञ्जा २०० थान, बिद्यालयको शौचालय र हातमुख धुने प्रयोजनको लागि डिटोल साबुन १२५० थान, इन्फ्रारेड थर्मल गन २४ थान, बाल्टिन २४ थान, भुई पुछ्ने पोछा (मोप) २४ थान र क्लोरिन झोल ८० लिटर उपलब्ध गराइएको छ । स्वास्थ सुरक्षातथा सरसफाइएंव स्वच्छता प्रवर्धनको निमित्त हात धुने तरिका, माक्सको प्रयोग कसरी गर्ने भन्ने बारेमा सम्पुर्ण विधार्थीहरुलाई पर्चा, फ्लेक्स प्रस्तुती र हातधुने, माक्स प्रयोग गर्ने, सेनिटाइजर प्रयोग सम्बन्धि प्रयोगात्मक अभ्यास सहित सचेतना कार्यक्रम संचालन गरिएको छ ।

चैत्र महिनाको पहिलो सातादेखि बन्द रहेका सिन्धुपाल्चोक स्थित त्रिपुरासुन्दरी गाउँपालिकाका सबै सामुदायिक विद्यालयहरू केहि समय पहिला घुम्ति शिक्षण सिकाई र  सामाजिक दुरी कायम गरी विधालयमानै अध्यापन गराउन समेत सुरु भएको र जिल्लामा कोरोना संक्रमितहरुको संख्या वढे पश्चातजिल्ला कोभिड – १९ विपद व्यवस्थापन समितिले विधालयबन्द गराउन निर्णय गरेअनुसार बन्दभएको थियो ।

तर हाल सामाजिक दुरी कायम गरी कोभिड – १९ कोरोना भाइरस सम्बन्धि पुर्वतयारिको साथ विधालयहरु सञ्चालनमा आएका छन् । गाउपालिकाले सामाजिक दुरी कायम गरी आधारभूत स्वास्थ्य तथा सरसफाई मापदण्ड पुरा गरी बिद्यालय पुन संचालनमा ल्याउने निर्णय गरी आबश्यक सहयोगको लागि सहकार्य गर्न अनुरोध भई आए बमोजिम गाउँपालिकाको अनुमतिमा उल्लेखित सहयोग सामाग्री वितरण गरिएको कुरा परियोजना संयोजक हर्क तामाङले बताउनुभयो ।

परियोजनाले कार्यक्षेत्र भित्रका २०७१ सालको बिनाशकारी जुरे पहिरो पीडित तथा २०७२ को भुकम्पमा समेत उद्धार, राहात तथा पुनस्थापनाका कार्यमा सहयोग उपलब्ध गराएको थियो । यो परियोजनाले २०६९ साल देखी निरन्तर रुपमा शैक्षिक गुणस्तर सुुधार गर्न स्थानीय सरकारसंगको सहकार्यमा सामुदायिक बिद्यालयलाई सहयोग गर्दै आइरहेको छ ।

गाउँपालिकामा  रहेका विद्यालयहरु स्वास्थ सुरक्षातथा सरसफाइएंव स्वच्छता प्रवर्द्दन  सामग्री सहित सञ्चालनभएसँगै विधार्थीहरु र अभिभावकसमेत खुसी भएका छन् । विद्यालय सञ्चालन गर्नुअघि सबै सामुदायिक विद्यालयका शिक्षक, अभिभावकसँग छलफल गरिएको गाउँपालिका अध्यक्ष भूपेन्द्र श्रेष्ठले बताउनुभयो ।


, , ,