पुनः लत्ताकपडा र औषधि बोकेर बासखर्क पुग्यो राप्रपा

अर्जुन शर्मा, चौतारा, भदौ २० . 

पुनः लत्ताकपडा र औषधि बोकेर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लिदी पहिरो पिडिललाई सहयोग गर्न बासखर्क पुगेको छ । 



शनिबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को पहल र निरबहादुर फाउन्डेशनको आर्थिक सहयोगमा लिदी पहिरो पीडितलाई लत्ताकपडा सहित बिबिध सामाग्री सहयोग गरेको छ ।

 

लिदी पहिरोबाट बिस्थापित भएर जुगल गाँउपालिकाको वडा नं. १ सेलाङको बासखर्कमा आएर टहरोमा रहेका बिस्थापितलाई नै भेटेर सामाग्री सहयोग गरिएको राप्रपाका केन्द्रिय सदस्य बाबुुराम खडकाले जानकारी दिनुभएको छ । 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रिय सदस्य बाबुुराम खडका, राप्रपा निकट महिला संगठनको केन्द्रिय महासचिब कुमारी तामाङको नेतृत्वमा आएको टोलिले लत्ताकपडा सहित स्वास्थ्य सामाग्री सहयोग गरेको हो ।  

राहतका नाममा बिबिध सामाग्री सहयोग गरेता पनि अति आवश्यक सामाग्रीको अभाव रहिरहेको हुँदा संस्थासँग समन्वय गरेर लत्ताकपडा सहित ,अति आबश्यक स्वास्थ्य सामाग्री उपलब्ध गराइएकको महिला नेतृ तामाङले जानकारी दिनुभएको छ । 

पहिरोले सबै गुमाएर बाँसखर्कमा आएर टेन्टमा बसिरहेका स्थानियहरुले एकसहरो लत्ताकपडा पाँउदा खुशि व्यक्त गरेका छन् । उक्त राहत सामाग्रीमा २०० थान लत्ताकपडा, ५० सेट म्याट, १५ सय मास्क, १० लि. सेनिटाइजर, १ सेट स्टेचार सहित प्रथामिक उपचारका अति आबश्यक १०० थरीका औषधी प्रदान गरिएको सहयोगि संस्था निरबहादुर फाउन्डेशनका अध्यक्ष नवराज तामाङले बताउनुभएको छ । 

उक्त राहत बितरण कार्यक्रमा राप्रपा जिल्ला कार्य समितिका कोषाध्यक्ष कुष्ण गिरी, जिल्ला सदस्य नारायण जंग पाण्डे, १ नं क्षत्रिय सभापति शिव भण्डारी, जुगल गाँउपालिका अध्यक्ष फुर्वा तामाङ सहितको उपस्थिति रहेको थियो । निरबहादुर फाउन्डेशनका अध्यक्ष नवराज तामाङले बताउनुभएको छ । 

गत भदौ ११ गते जुगल १ बाँसखर्कमा पुगेको राप्रपा सिन्धुपाल्चोकले पहिरोमा परि आफ्नो परिवारको सदस्य गुमाएको १२ परिवारलाइ प्रति परिवार १२ हजार, पहिरोमा परि घर पुर्ण क्षती भएको १८ परिवारलाई  प्रति परिवार ६ हजारका र  घर जोखीममा परेर स्थानान्तरण हुन पुगेका १२७ परिवालाई २ हजारका दरले जम्मा ५ लाख ६ हजार नगद सहयोग गरेको थियो । 


, , , ,