चौतारा,भदौ २३ ।
सिन्धुपाल्चोक जिल्लामा लकडाउनको मोडालिटी परिवर्तन गरि लकडाउन भदौ ३१ गते सम्म नै थप गरिएको छ । भदौ १ गतेदेखि जारी लकडाउन चौथोपटक भदौ ३१ गतेसम्मको लागि थप गर्दा मोडालीटी समेत परिवर्तन गरिएको हो ।
भदौ १ गतेदेखि जारी लकडाउन गरिएको जिल्लालाई निरन्तरता दिदै आइरहेको हो । यसअघि पनि कोरोनाको जोखिम बढेको भन्दै २४ गते सम्म थप गरिएको मितिको समयसीमा बुधबार राति १२ बजेबाट सकिँदै थियो तर कोरोना संक्रमण जोखिम अझै रहेको भन्दैे मोडालिटी समेत परिवर्तन गरी जिल्लामा लकडाउन थप गर्ने निष्कर्षमा पुगेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताउनुभयो ।
मंगलबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले नियमानुसार अब बजारका सबै पसल व्यवसाय दिउँसो ११ बजेदेखि ४ बजेसम्म खोल्न पाइने निर्णय गरेको छ । उद्योग वाणीज्य महासंघ सिन्धुपाल्चोकका प्रतिनिधि सहितको सहभागितामा बसेको बैठकले यस्तो निर्णय गरेको प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिनुभएको छ ।
तर पसल खोल्दा स्वास्थ्य मापदण्डले तोकेको सबै प्रकृया अनिवार्य पुरा गर्नुपर्ने र त्यसको अनुगमन भने सिन्धुपाल्चोक उद्योग वाणीज्य महासंघले गर्ने जिम्मा पाएको छ ।
सवारी साधन सञ्चालन गर्ने, होटल रेस्टुरेन्ट अन्तर जिल्ला हिहडुल गर्ने लगाएतका यसअघिका निर्णय भने यथावत नै रहेको छ ।
कोरोनाको कारण हाल सम्म सिन्धुपाल्चोक जिल्लामा ४ जनाको मृत्यु भइसकेको छ भने ११५ जना सङक्रमित पुगेका छन् संक्रमित मध्य ८४ जना निको भएर घर फर्की सकेका छन ।